अछाममा कैदीबन्दी हरुलाइ दालमोठ उत्पादन तालीम

अछाममा कैदीबन्दी  हरुलाइ दालमोठ उत्पादन तालीम

२५ कात्तिक,अछाम : अछामको सुधार गृहमा रहेका कैदीबन्दीहरुका लागि १० दिने दालमोठ उत्पादन सम्बन्धी तालिमको समापन गरिएको छ ।

अछाम जिल्ला कारागार भित्र रहेका कैदीबन्दीहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको थियो । कैदीबन्दी हरुको माग अनुसार घरेलु तथा साना उद्योग कार्यालय दालमोठ तालिम संचालन गरेको थियोे ।

बिगतका दिनहरुमा पनि कार्यालयले कैदीबन्दी हरुका लागि विभिन्न सीप विकास तालिम संचालन गरेको र आगामी दिन हरुमा कैदिबन्दी हरुको माग र आवश्यकता अनुसारका सीप विकास तालिम सञ्चालन गरिने घरेलु तथा साना उधोग विकास कार्यालय अछामका प्रमुख भिम बहादुर सिंहले बताए ।

दालमोठ उत्पादन तालिममा कारागार भित्र रहेका कैदी हरु मध्ये १५ जना कैदीबन्दी हरुले तालिम लिएका छन् ।

शनिबार एक कार्यक्रमका बीच तालिमको समापन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलले जान अञ्जानमा जेल सजाय भोगीरहेका नागरिकहरुले आगामी दिनमा आफ्नो जिबनलाई सहज र सरल बनाउन यस्ता सिप सिक्न आवश्यक रहेको बताउनुभयो । सिपले नै मान्छेलाई आत्म निर्भर स्वाभिमानी बनाउने भएकाले यो तालिमलाई अवसरको रुपमा लिएर सिप सिक्न आग्रह गर्नुभयो ।

सिप र क्षमता बिनाको नागरिक आर्थिक रुपमा सबल नहुने भएकाले सिप विकास तालीमलाई सिकेर ब्यवहारमा पनि लागु गर्नुपर्ने बताउनुभयो । तालीममा सहभागी कैदिबन्दी हरुलाइ घरेलु तथा साना उधोग कार्यालयले दालमोठ बनाउने मेसिन पनि हस्तान्तरण गरेको छ ।

Leave a Reply