खप्तडको नैनिमा नेपाली सेनाको गोरख बक्स गणद्वारा हेलिप्याड निर्माण
सुशील भण्डारी ,अछाम २८ कात्तिक :अछामको धार्मिक तथा पर्यटकीय स्थल नैनिमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ ।
नेपाली सेनाको अछाम जिल्ला स्थित गोरख बक्स गणले
जिल्लाको साँफेबगर नगरपालिका वडा नं. १२ स्थित बिकट ठाउँमा रहेको खप्तडको नैनिमा साफेबगर नगरपालिकाको समन्वयमा हेलिप्याड निर्माण गरेको हो ।
हेलिप्याड निर्माण पश्चात उक्त स्थानमा आईपर्न सक्ने विपद् लगायत आकस्मिक घटनाहरुको उद्धार कार्यमा मद्दत पुग्नुका साथै, धार्मिक र पर्यटकीय रुपमा प्रख्यात नैनीको पर्यटन प्रवद्धनमा समेत टेवा पुगेको
नैनिको संरक्षण र प्रवर्द्धन गरिरहेका अर्जुन रानाले बताउनुभयो ।
राना निकै लामो समयदेखि नैनी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर रूपमा सक्रियताका साथ लागी रहनु भएको छ ।
पर्यटकीय तथा धार्मिक रूपमा प्रचुर सम्भावना बोकेको नैनी क्षेत्रमा हेलिप्याड निर्माण भएपछी पर्यटन प्रवर्द्धन संगै त्यस् क्षेत्रका नागरिक हरुलाइ दुखी बिरामी हुँदा अन्यत्र जान पनि सहज भएको छ ।
नैनी क्षेत्रमा बिपद ब्यावस्थापनमा आकस्मिक उद्धार कार्यको लागी निकै लाभदायी हुने हुदाँ सेनाले जिल्लाका सबै पालिकाहरुलाई हेलिप्याड निर्माण गर्नको लागी प्रोत्साहन तथा समन्वय गर्दै आईरहेको गोरख बक्स गणका अछामका गणपति प्रमुख सेनानी जनक सिलवालले बताउनुभयो ।
बाढी, पहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपत्कालीनरूपमा हेलिकोप्टर अवतरण , तत्काल हवाई उद्धार र राहत वितरण गर्न पनि सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको सिलवालले बताउनुभयो