लागु औषध विरुद्ध अछाम प्रहरी द्वारा वक्तृत्वकला प्रतियोगिता

अछाम : लागु औषध महाअभियान २०८० अन्तरगत अछाम प्रहरीले वक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामकाे आयाेजना र ग्लोबल आईएमइ बैंककाे प्रायोजनमा भएकाे
लागू ओैषध रहित परिवार,स्वास्थ्य जिवनकाे आधार भन्ने नाराका साथ , लागु ओैषध नियन्त्रणमा सराेकारवालाकाे निकायहरुकाे भुमिका विषयक प्रभातफेरी तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे हाे ।
वक्तृत्वकलामा भाग लिएका सहभागी बिधार्थिले लागू ओैषधले मानिसलाई शारीरिक र मानसिक रुपमा मात्रै असर गर्ने नभई समाजमा झैझगडा, हत्या, हिँशा, बलात्कार, चाेरी, डकैती, लुटपात जस्ता सामाजिक र आर्थिक रुपमा असर गर्ने बताएका छन ।
अहिले गाउँ टाेलमा यसको उत्पादन बढेकाे र सहरी क्षेत्रमा सेवन व्यापक रुपमा हुने गरेकाे उनिहरुकाे भनाई थियाे । यसलाई न्युनिकरणकाे लागि अभिभावकले आफ्ना बालबालिका प्रति ध्यान दिनुपर्ने र सबै सराेकारवाला पनि जिम्मेवार हुन जरुरी रहेकाे बताएका छन । उनिहरुले समुदाय, टाेल र बिधालयहरुमा सडक नाटक, नाराजुलुस, प्रभातफेरी, वक्तित्वकला प्रतियोगिता जस्ता चेतना मुलक कार्यक्रम गर्नु पर्नेमा जाेड दिएका छन । वक्तृत्वकला प्रतियोगिता ६ जना बिधार्थिले भाग लिएकाेमा षाेडसा माविका गृष्मा भाट प्रथम हुनु भएकाे थियाे भने गंगा माविका पुष्पराज भण्डारी दाेस्राे र साेडषा माविकै प्रबिण बिष्ट तेस्रो भएका थिए ।
उनिहरुलाई प्रमाणपत्र, र पुरस्कार बितरण गरिएकाे थियाे । ग्लोबल बैंकका प्रबन्धक कृष्ण साेडारी र षाेडसा माविका प्रधानाध्यापक मदन बहादुर कुबँरले लागु ओैषध सेवन तथा ओसारपसार देशमै समस्याकाे रुपमा रहेकाे उनिहरुकाे भनाई छ । अहिले ग्रामीण क्षेत्रमा भईरहेकाे प्रयाेग र ओसारपसारले मानिसहरु पिडित रहेकाे भन्दै सचेत नागरिकले ध्यानदिन जरुरी रहेकाे बताएका छन ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले लागू ओैषध अहिले साेककाे रुपमा सेवन गरिरहेकाे बताउदै यस्लाइ सामाजिक संजालले पनि प्रेरित गरेकाे उहाँकाे दाबी गरेकाछन । लागु औसधको ईन्जेक्सनबाट सेवन हुन थालेकाे भन्दै आफ्ना छाेरा छाेरीकाे बारेमा अबिभावक नै जिम्मेवार भए दुर्बेशनिबाट जाेगाउन सकिने उहाँले बताउनुभयाे ।
कार्यक्रममा प्रमुख अथितिकाे आशनबाट बाेल्दै जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलले अछामका १० वटै स्थानिय तहमा लागु औषध ,सामाजिक कुसंस्कारका विरुद्ध सचेनामुलक कार्यक्रम संचालन गरिरहेको भन्दै अछाम जिल्लाका विभिन्न सिमा नाकाबाट लागू ओैषध ओसारपसार भईरहेकाे गुनासाे आएकाले बिषेश निगरानी बढान सुरक्षा सुरक्षा निकायलाई निर्देश गरेको बताउनुभयाे ।
पछिल्लो समय किशोर किशोरी लागुओैषधकाे दलदलमा फस्ने गरेकाे भन्दै बिधार्थिहरुलाई अध्ययान र ब्यावसायिक शिक्षामा जाेडदिन सुझाव दिनुभयाे । यसको नियन्त्रणकाे स्थानिय सरकार,प्रहरी,जनप्रतिनिधि,शिक्षक, विभिन्न संघसंस्था,राज्य र सबै सचेत नागरिक एक भए मात्रै हुने उहाकाे भनाई छ । याे कार्यक्रम सहयाेग गरेकाेमा गाेलाेबल बैंकलाई धन्यवाद दिदै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने उहाँकाे भनाई थियाे ।
यस्तै कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले यस्ता कार्यक्रमलाई निरन्तरता दिई याे शन्देस गाँउटाेलमा पुर्याउन सकेमा लागु ओैषध नियन्त्रणमा ठुलाे टेवा पुग्ने बताउनुभयाे । यसकाे नियन्त्रणकाे लागि आफुहरुले अभियान नै संचालन गरि अछाम जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम गरिरहेकाे बताउदै यसमा सबैले साथदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर साेडारी, मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावल, लगाएतकाे सहभागिता रहेकाे थियाे ।