बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर अछामका एक युवकको मृत्यु

बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर अछामका एक युवकको मृत्यु

पुस १३ अछाम : रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर अछामको चौरपाटी गाउँपालिका वडा नं.१ सिउडीका युवकको ज्यान गएको छ । गोली लागेर चौरपाटी गाउँपालिका वडा नं.१  सिउडीका टेक बहादुर शाहका २३ वर्षिय छोरा विरेन्द्र शाहको ज्यान गएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउदले जानकारी दिनुभएको छ । यस्तै ज्यान जानेमा अर्का युवक  दैलेखका सुजन रावत रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताउनु भयो । उहाँका अनुसार गोली लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।
त्यसअघि प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए । मन्त्रीको गाडीमा आगजनी र अरु सार्वजनिक गाडीमा तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

Leave a Reply