अछाममा जंगली जनावर भालुको आक्रमण बाट दुई किशोरी गम्भीर घाइते

अछाममा जंगली जनावर भालुको आक्रमण बाट दुई किशोरी गम्भीर घाइते

अछाम १० माघ : अछामको रामारोशन गाउँपालिका -५ तडिगैराका दुई जना भालुको आक्रमण बाट घाइते भएका छन् ।

स्थानीय सालिमकोट सामुदायिक बनमा घाँस काट्न गएको समयमा दुई जना किशोरी  १९ वर्षकी पार्वती शाह र २० वर्षकि किरण शाहको बिहानको समयमा जंगली जनावर भालुले आक्रमण गर्दा गम्भीर घाइते बनाएको छ ।

घाइते दुबै जनाको टाउकोमा गहिरो चोट र शरीरका विभिन्न ठाँउमा चोट देखिएको छ । घाइते मध्य किरण शाह अचेत अवस्थामा र पार्वती शाहको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

घाइतेलाई हेलिकप्टर बाट उद्दार गरि उपचारका लागी जिल्ला बाहिरको अस्पतालमा लिने तयारी भइरहेको पाठकले बताए ।

Leave a Reply