बयालपाटा अस्पतालको आर्थिक संकट: सरकारलाई दबाब दिन नेविसंघ नेता कुवँरको नेतृत्वमा आन्दोलन हुँदै

बयालपाटा अस्पतालको आर्थिक संकट: सरकारलाई दबाब दिन नेविसंघ नेता कुवँरको नेतृत्वमा आन्दोलन हुँदै

अछाम –अछामको बयालपाटा अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै राजधानीमा आन्दोलनको तयारी थालिएको छ । नेवि संघका केन्द्रीय सदस्य आकाशजंग कुँवरले काठ्माडौंमा आन्दोलनको लागि तयारी गरिरहेको बताए ।
प्रदेश र केन्द्र सरकारले बनेटको व्यवस्था नगरि अस्पतालको सेवा प्रभावित हुँदा पनि वास्ता नगरेकाले आन्दोलन गरेर दबाब दिन आवश्यक रहेको उनले बताए । अछामको साँफेबगर नगरपालिका ३ घर भएका केन्द्रीय सदस्य कुवँरले सबै युवाहरुलाई एक ठाउँमा जम्मा गरेर पहिलो चरणमा स्वास्थ्य र अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र त्यति गर्दा पनि वास्ता नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनले बताए । ‘सबै राजनैतिक दलका नेताहरु पटकपटक जिल्लामा जाँदा बयालपाटा अस्पतालमा जाने , भाषण गर्ने र फर्किने गरेका छन् । कसैले पनि बोलेको बचन पुरा गरेको देखिएन’ कुँवरले भने ,‘ स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई वेवास्ता गर्दा जनता मारमा परेका छन् । अछामको बयालपाटा अस्पतालको समस्या केन्द्रलाई सुनाउनको लागि मेरै नेतृत्वमा युवाहरु जम्मा गर्ने र आन्दोलनको कार्यक्रम छिट्टै घोषणा गर्छौं ।’

विदेशी दाताको सहयोगमा निःशुल्क सेवा दिइरहेको अस्पातललाई पछिल्लो समय सहयोग पनि आधाभन्दा धेरै घटेको छ । दाताले सहयोग घटाएपछि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहको भरमा सहयोगमा सञ्चालन भइरहेको अस्पतालमा यो वर्ष प्रदेश सरकारबाट बजेट उपलब्ध नहुँदा समस्या भएको हो ।
अस्पताल सञ्चालनका लागि वार्षिक २२ करोड आवश्यक पर्छ । गत वर्ष प्रदेश सरकारले अस्पताललाई ९ करोड रुपैयाँ अन्तिम समयमा आएर उपलब्ध गराएको थियो । चालु आर्थिक वर्ष पनि प्रदेश सरकारले ९ करोड दिने मौखिक जानकारी गराए पनि अहिलेसम्म सम्झौतासम्म भएको छैन ।

१६ वर्ष अगाडि न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पोसिबलको आर्थिक र प्राविधिक सहयोगमा स्थापना भएको यो अस्पतालले निःशुल्क सेवा दिइरहेको छ । केही समय विदेशी दाताबाट सञ्चालन हुँदै आएको अस्पताललाई अहिले दाताबाट आंशिक सहयोग मात्रै हुँदै आएको छ । अस्पताललले स्थापनाकालदेखि आव ०७९÷८० सम्म ११ लाख ५२ हजार बिरामीलाई निःशुल्क सेवा दिइसकेको छ । बयालपाटा अस्पतालमा अछाम, बाजुरा र डोटीका लागि विशेषज्ञ सेवा दिने पहिलो अस्पतालको रूपमा छ भने एक वर्षमा एक लाख बढीले अस्पतालबाट सेवा लिँदै आएका छन ।

Leave a Reply