१ महिने मोबाइल मर्मत सम्बन्धी सीप विकास तालिम मंगलसेनमा सम्पन्न

१ महिने मोबाइल मर्मत सम्बन्धी सीप विकास तालिम मंगलसेनमा सम्पन्न

१ महिने मोवाईल मर्मत सम्बन्धि सीप बिकास तालिम मंगलसेनमा सम्पन्न भएको छ । स्वदेशी उत्पादन अभियान,उद्यमीको सम्मान, भन्ने नाराका साथ सुरु भएको १ महिने तालिम आज सम्पन्न भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय मंगलसेन अछामको आयोजना भएको समापन कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख भिम बहादुर सिंहले गर्नु भएको थियो भने उक्त  कार्यक्रमका प्रमुख अथिति अछामका प्रमुख जिल्ला अधिकारी शरद  कुमार पोखरेलले रहनु भएको थियो । कार्यक्रममा प्रमुख अथितिको आशनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले  तालिममा सिकेको सिपलाई दैनिक जिवनमा कार्यान्वयन  गरी व्यावसायीक बन्नुपर्ने बताउनुभयो । समाजमा लुकीछिपी रहेका प्रतीभाहरुलाई घरेलु तथा साना उद्योग कार्यालय तिखार्ने काम गर्नतिर अग्रसर हुनेमा बिश्वास व्यक्त गनुभयो ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी पोखरेलले अहिले पनि समाजमा युवाहरु विकृती विसंगती जस्ता कुराहरुमा अगाडी रहेको भन्दै तालिम लिईसकेपछि समाजमा उत्पादन हुनेकुरालाई व्यावसायी रूपमा  गनुपर्ने उहाको भनाई छ । घरेलु तथा साना उद्योग कार्यालय अछामले विभिन्न तालिम दिइरहेको भन्दै आफु सक्षम भईयो भने बेरोजगारीको चरणबाट मुक्त भईने उहाको भनाई छ ।

यस्तै उहाँले व्यावसायीक र सामाजिक जिवनलाई सफल बनाउन युवाहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै तालिमबाट सिकेका सिपहरु दैनीक जिवनमा लागु गर्न सके मात्रै सफल भएको मानीने बताउनुभयो । यस्ता सिपहरु सिकेर दक्षता अभिवृद्धीगरी समाजमा पुर्न.स्थापित कसरी हुन सकिन्छ त्यतातिर ध्यानदिन उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख शन्तोष पाठकले तालिममा ब्याक्तिले  नयाँ कुरा सिकी ज्ञानसिप र क्षमता अभिवृद्धी हुने भएकाले यसले  जिवनयापन गर्न सजिलो हुने भन्दै राजगारीकोे लागी बिदेशजान बाट युवायुवतीहरुलाई रोक्नमा ठुलो टेवा पुग्ने बताउनुभयो ।

 

१ महिना सम्म तालिलमा सहभागी भएका प्रशिक्षार्थी पुष्पराज भण्डारीले मोवाईलका डिस्प्ले, चारर्जर, मोवाइल बिग्रीदा के के समस्या हुन्छ जस्ता धेरै कुराहरु आफुले सिकेको र १ महिने तालिमले मात्रै सबै मोवाईल सम्बन्धी ज्ञान सक्नि नसकिने भन्दै यस्ता तालिमहरु दोस्रो चरणमा पनि सञ्चानको लागी आग्रह गर्नु भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय अछामका प्रमुख भिम बहादुर सिंहले अहिले देश बेरोजगारी र आर्थिक संकटले गुर्जी रहेको अबस्थामा केहीहद सम्म भएपनि न्युनिकरण गर्नको लागी सिप बिकास तालिम संचालन गरी स्वरोजगारका पाटाहरु उजागर गर्ने उदेश्यले यो कार्यक्रम संचालन गरीएको बताउनुभयो । उहाँले पौष १३ गतेदेखी सुरु भएको तालिमा सहभागी १३ जनालाई तालिम मार्फत सिकेको ज्ञानसिपलाई व्यापार, व्यावसाय, उद्यमसंग जोड्न प्रशिक्षार्थीलाई अनुरोध गर्नु भएको छ ।

तालिम समापन कार्यक्रममा सहभागी १३ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा तालिम प्रशिक्षक दिलिपराज भाट, राष्टीय अनुसन्धान विभाग  अछामका प्रमुख गोविन्द  पाण्डेय गोरख बक्सगणका सहायक सेनानी डिलबहादुर रानाभाट,अछाम जिल्ला स्थीत विभिन्न कार्यालयका प्रमुख तथा प्रतीनीधी, पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालय अछामका कर्मचारी जनक ढुंगानाले गर्नु भएको थियो ।

 

Leave a Reply