देश विकासको पहिलो खुड्किलो शिक्षा हो : प्रदेश सभा सदस्य रावल
अछाम १५ फागुन : सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय मानबहादुर रावलले शिक्षामा गुणस्तरको मापदण्ड भनेको परीक्षामा उच्च अंक ल्याउनु लाई मात्र गुणस्तर शिक्षाका रूपमा बुझ्न नसकिने बताएका छन् ।
गुणस्तरीय शिक्षाको मापन समाजका सद्स्यहरूको मानवता, समाजको हितमा हुने उसको व्यवहारले निर्धारण गर्ने बताए ।
मालिका आधारभुत बिधालय मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा पत्रकार सुशील भण्डारीले स्थापना गरेको “सुशील शैक्षिक नामक अक्षयकाेषमा”आर्थिक सहयोग तथा विद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै रावलले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए ।
देश विकासको पहिलो खुड्किलो भनेकै शिक्षा भएकोले राज्यले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।
शिक्षा क्षेत्रमा राजनीति गर्ने छूट कसैलाई पनि नभएको प्रष्ट पार्दै शिक्षा क्षेत्र लाई राजनिती बाट टाढा राख्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा विशिष्ट अतिथि “सुशील शैक्षिक अक्षयकाेषका ”संस्थापक तथा संरक्षक सुशील भण्डारी ,अछाम बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष यज्ञ राज ढुंगाना रहनुभएको थियो ।