अछाममा आगोमा परेर ४५ दिनको शिशु गम्भीर घाइते

अछाममा आगोमा परेर ४५ दिनको शिशु गम्भीर घाइते

अछाम २१ फागुन: अछाममा आगोमा परि ४५ दिनको शिशु गम्भीर घाइते भएका छन् ।

 

आइतबार  साँझ जिल्लाको पञ्चदेवल बिनायक नगरपालिमा वडा नम्बर ८ ढुङ्गे बजार बस्ने बिन्द्रा बि.कका ४५ दिनको शिशु गणेश बि क आगोमा परि घाइते भएका हुन् ।

आफ्नै घरको भान्सामा खाना पकाई रहेको  चुलोको नजिक  सुताई आफु बाहिर गएको अवस्थामा चुलोमा बालेको आगो बाट एक्कासी बच्चा सुताएको कपडामा आगो सल्किन गई नवजात शिशु जलेका थिए ।

बाँया पट्टीको शरिर जली गम्भीर घाईते भएका नवजात शिशुको स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात प्रादेशिक अस्पताल सुर्खेतको लागी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक   सन्तोष पाठकले जानकारी दिए ।

 

Leave a Reply