मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

अछाम :मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित सबै स्थानीय तह,राजनीतिक दलहरुले उप निर्वाचन प्रयोजनका लागी संलग्न अनुसुचि १ बमोजिम जिल्लाका सबै वडा कार्यालय हरुमा मिति २०८० फागुन २८ गते देखि चैत ५ गतेसम्म मतदाता नामावली अधावधिक तथा अन्तिम नामावली प्रकाशन (दाबी बिरोध ) कार्यक्रममा नागरिक हरुको सहभागिता बढाइ कार्यक्रमको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक सूचना प्रवाह तथा प्रचार प्रसारका लागि समन्वय ,सहयोग र सहजीकरणका लागि सबै पक्ष बाट सक्रिय भुमिका निर्वाह गर्ने , आगामी बैशाख १५ गते सम्पन्न हुन्  गइरहेको उपनिर्वाचन लाई स्वच्छ ,निष्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगको निर्देशन बमोजिम सम्पुर्ण सरोकारवालाको आआफ्नो तर्फबाट वडा स्तरमा आवस्यक सहयोग ,समन्वय ,सहजीकरण एवं सुरक्षा प्रवन्ध गर्ने , निर्वाचन आयोगको निर्धारित कार्यक्रम बमोजिम यस जिल्लामा स्थानीय तहहरुको समन्वयमा प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने प्रयोजनका लागि सबै स्थानीय तह ,जनप्रतिनिधि ,राजनीतिक दल ,सामाजिक संघसंस्था हरुले आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिती प्रमुख  ललित बहादुर कुवर प्रमुख अतिथि रहनु भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि लगायत सरोकारवालाको उपस्थित रहेको थियो ।

निर्वाचन अधिकारी कृष्ण नायकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला निर्वाचन कार्यालय अछामका नायब सुब्बा लक्ष्मी बस्नेतले गर्नुभएको थियो ।

Leave a Reply