खच्चड हिड्दा जीर्ण बनेको कर्णाली नदिको झोलुङ्गे पुल प्रयोग नगर्न अछाम प्रशासनको आग्रह

खच्चड हिड्दा जीर्ण बनेको कर्णाली नदिको झोलुङ्गे पुल प्रयोग नगर्न अछाम प्रशासनको आग्रह

अछाम : जिल्ला प्रशासन कार्यालय अछामले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ – कालेकाडा र दैलेखको आठबिस नगरपालिका -४  खिड्किज्युला जोडने झोलुङ्गे पुलमा खच्चर हिडाउँदा पुलको दाहिने तर्फको लट्ठा चुडिएपछी जिर्ण बनेको  उक्त पुलमा आवतजावत नगर्न  जिल्ला प्रशासन कार्यालय अछामले अपिल गरेको छ ।

अछाम जिल्लातर्फ चण्डीका माबी र दैलेख तर्फ प्रि नर्सरी स्कुलमा अध्यनरत विद्यार्थी हरुलाइ आवतजावतमा समस्या भइ सोही पुल बाट जोखिमपूर्ण तरिकाले हिडडुल गरिरहेकाले पुनः कुनै खालको अप्रिय घटना नघटोस भनेर सम्बन्धित निकायलाइ पुल मर्मतका लागी अनुरोध गरेको
अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।

प्राविधिक नापजाँच ,मुल्यांकन एवं परिक्षण नगरी उक्त पुलबाट मानिस आवतजावत गर्न जोखिम युक्त हुँदा तत्कालका लागी पुलको दुबै प्रवेश स्थानमा तारजाली लगाइ
पुल प्रयोगमा रोक लगाइएकोले तत्कालका लागी पुल प्रयोग नगर्न समेत प्रजिअ लम्सालले अपिल गरेका छन् ।

उक्त जिर्ण पुलको तत्काल मर्मतका लागी सोही स्थान बाट करिब २०० मिटरको हाराहारीको  पञ्चदेवल बिनायक नगरपालिका ९ ओदल्ताडा र दैलेखको आठबिस नगरपालिका ४ को नैनेलमाडु जोड्ने गरि निर्माणाधीन कर्णाली नदिको पुल यथा सिघ्र निर्माण गरि संचालनमा ल्याउन गृहमन्त्रालय र अन्य सम्बन्धित निकायलाई आवश्यक पहलका लागि जानकारी गराइएको समेत बताए ।

दुवै जिल्लाका स्थानीय प्रशासन र स्थानीय तहहरूको समन्वयात्मक प्रयासमा अछाम जिल्ला पञ्चदेवल विनायक
नगरपालिका ९ को ओदल्ताडा र दैलेख जिल्ला आठबीस नगरपालिका ४ को नैनेलमाडुमा निर्माणधीन उक्त नयाँ झोलुङ्गे पुल १५ दिन भित्र सम्पन्न भई सञ्चालनमा ल्याउने गरी कार्य अघि बढेको र जीर्ण पुलको मर्मतको तयारीका लागि अछामबाट प्राविधिक कर्मचारीको टोली जेठ २८ गते नै उक्त स्थानमा पुगी पुलको प्रारम्भिक निरीक्षण र नापजाँच गरिसकेको छ ।

निर्माणधीन झोलुङ्गे पुल शीघ्र सम्पन्न गर्न र जीर्ण पुलको
तत्काल मर्मत सम्भार गर्न गराउन स्थानीय प्रशासन र सम्बन्धित जनप्रतिनिधिले निरन्तर समन्वयात्मक प्रयास गरिरहेको प्रजिअ लम्सालको भनाइ छ ।

पुलको लट्ठा चुँडिएपछि पञ्चदेवल बिनायक नगरपालिका ९ –  का  चिल्ताडा,भाटगाउँ ,भानाकोट,तामकोट,राकु लगायतका बस्ती हरुको नजिकको बजार खिड्कीजिउला र राकम रहेकोले त्यस ठाउँका नागरिक हरुलाइ आवतजावत संगै दैनिक उपभोग्यका सामान हरुको पनि समस्या

 

 

Leave a Reply