काङ्ग्रेस नेता स्वर्गीय डण्ड प्रसाद भाटको श्रद्धाञ्जली सभा सम्पन्न

काङ्ग्रेस नेता स्वर्गीय डण्ड प्रसाद भाटको श्रद्धाञ्जली सभा सम्पन्न

अछाम : नेपाली काङ्ग्रेस मंगलसेन नगरकार्यसमितिको आयोजनामा नेपाली काङ्ग्रेस अछामका पुर्व क्षेत्रीय सभापति स्वर्गीय डण्ड प्रसाद भाटको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नगर कार्यसमितिका कार्यवाहक सभापति हेमराज भण्डारीको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका कार्यवाहक सभापति नयाँराम बजगाइ रहनु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य पदमराज अधिकारी  रहनु भएको थियो ।

नेता अधिकारी र नेपाल निजामती कर्मचारी युनियन अछामका पुर्व अध्यक्ष सरत ढुंगानाले  स्वर्गीय नेता भाटको योगदानको चर्चा गर्दै पार्टीमा उहाँको अभाव सधैं खट्किरहने बताएका थिए ।

नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता हरुले स्वर्गीय नेता भाटको फोटोमा माल्यार्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

आफ्नो बुवाको समाज रुपान्तरणका साथै पार्टीको संस्थागत विकासमा अमुल्य योगदान रहेको स्वर्गीय भाटका छोरा बसन्त भाटले बताए ।

Leave a Reply