समयमै उपचार नपाएर ज्यान गुमाएकी सरिताका परिवारलाई सांसद शाहको सहयोग

समयमै उपचार नपाएर ज्यान गुमाएकी सरिताका परिवारलाई सांसद शाहको सहयोग

अछाम : अछाम क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य माननिय पुष्प बहादुर शाहले सुत्केरीपछि अत्यधिक रक्त श्रावका कारण ज्यान गुमाएकी अछामको ढकारी गाउपािलका वडा नंः ८ की सरिता जैशीका परिवारलाई भेट गरेका छन् ।

आईतबार उनिहरुलाई भेट गर्दै शाहले अभिभावकत्व देखाएका छन् । सोही क्षेत्रबाट निर्वाचित भएका शाहले सरिताका आश्रित परिवारलाई आर्थिक सहयोग गरेका छन् । दुख तथा अप्ठेरो स्थितिमा रहेका सरिताका परिवारलाई भेट गर्दै सांसद शाहले आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

ढकारी गाउपािलका वडा नंः ८ गलवाल अस्थाई बसोबास गरिरहेका सरिताका श्रीमान्, छोरीछोरी र नवजात शिशुलाई सहयोगार्थ सांसद शाहले १० हजार आर्थिक सहयोग गरेका हुन् । मृतक सरिताका परिवारलाई घरमै भेटघाट गरि परिवारको पिडामा मलमपट्टि लगाउन आफुले व्यक्तीगत रुपमा सानो सहयोग गरेको बताए ।

यस्तो दुखद घटनाका पिडित परिवारलाई राज्य संयत्रबाट आवश्यक राहतको व्याबस्था हुनुपर्ने बताउदै सांसद शाहले यसका लागि आफुले स्थानिय, प्रदेश र संघिय सरकारमा पहल गर्ने प्रतिबद्धता जनाए । सरिताका परिवारलाई गास, बास र कपासको सुनिश्चतताका लागि स्थानिय सरकारले जिम्मेवारी लिनुपर्ने बताए । सरिताका छोरा छोरीको निशुल्क शिक्षाका लागि समेत आवश्यक समन्य र पहल गर्ने उनले बताए ।

विभिन्न समयमा दुख पिडा र समस्या रहेका अछामबासीका लागि सांसद शाहले आफु सधै साथमा रहेको अपनत्व देखाउदै आएका छन् । जिल्लाबासीका समस्या समाधान गर्न आफु सधै अग्रसर रहने सांसद शाहले बताए ।

जिल्लामा दुरदराजमा रहेका स्वास्थ्य चौकीहरुको स्तर उन्नती र जटिल समस्या भएका बिरामीको समयमै उपचारका लागि स्वास्थ्य क्षेत्रका समस्या समाधानको लागि आफुले सक्दो पहल गर्ने बताए । यसका लागि स्थानिय सरकारले मुख्य भुमिका निर्वाह गर्नु गर्ने र आफु सहकार्य गर्ने सांसद शाहको भनाई थियो ।

अछामको ढकारी गाँउपालिका वडा नं. ८ की सरिता जैशीको अत्याधिक रक्तश्राव पछि समयमै उपचार नपाउदाँ अकाल्मै बिहिबार ज्यान गएको थियो ।

Leave a Reply