कांग्रेस अछाम काठमाडौं सम्पर्क समितीद्वारा पार्टीको बिपत तथा राहत उद्घार कोषमा आर्थिक  सहयोग

कांग्रेस अछाम काठमाडौं सम्पर्क समितीद्वारा पार्टीको बिपत तथा राहत उद्घार कोषमा आर्थिक  सहयोग

काठमाडौ : नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समितीले नेपाली कांग्रेस केन्द्रीय समितिले स्थापना गरेको बिपत तथा राहत उद्घार कोषमा ५१ हजार सहयोग गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपा ललितपुरमा नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समितिका अध्यक्ष जनक बहादुर धामिले नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं जिल्ला सम्पर्क तथा समन्वय बिभाग प्रमुख नानु बास्तोलाइ सो सहयोग हस्तान्तरण गरेका हुन ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य नानू बास्तोलाले सो सहयोग रकम बुझी सकेपछि नेपाली कांग्रेस केन्द्रीय समितिले आव्हान गरे अनुसार नेपाली कांग्रेस अछाम काठमाडौ सम्पर्क समितिले पार्टी कोषमा सहयोग गरेकोमा समितिलाई धन्यवाद दिदै पार्टीका सबै तह तप्काले बिपत्तिमा परेका बाढी प्रभावित नागरिकहरुलाइ आ आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

सम्पर्क समितिले असोज १८ गतेका दिन आयोजना गरिएको बिजया दशै,दिपावली,छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरि सो कार्यक्रममा हुने खर्च हुने रकमले बाढी प्रभावित नागरिकहरुलाइ सहयोग पुगोस् भन्ने उदेश्यले पार्टीले स्थापना गरेको कोषमा जम्मा गरिएको अछाम काठमाडौ सम्पर्क समितिकाअ अध्यक्ष धामीले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवर,नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का सभापति पुष्पराज शर्मा,नेपाल किसान महासंघका केन्द्रीय सदस्य टंक बहादुर धामी,नेपाली कांग्रेस प्रदेश अधिबेशन प्रतिनिधि गौरी भण्डारी नेपाल तरुण दल केन्द्रीय सदस्य कुबेर साउद,नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भरत बुढा,सम्पर्क समितिका उपसभापति डम्बर भण्डारी,दुर्गा तिमिल्सिना,सीता कुवर सचिव भिम कुवर,दुर्गा भण्डारी सदस्य हर्क रावल लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply