सहकारी संस्थाका शेयर सदस्य स्वर्गीय साउदका परिवारलाई काजक्रिया खर्च तथा कर्जा मिनाहा

सहकारी संस्थाका शेयर सदस्य स्वर्गीय साउदका परिवारलाई काजक्रिया खर्च तथा कर्जा मिनाहा

अछाम : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड  साफेबगर शाखाबाट संस्थामा शेयर सदस्य मेल्लेख गाउपालिका वडा नम्बर ४ खाडा निवासी स्व. गम्भीर बहादुर साउदको असमाहिक  निधन पश्चात संस्थाको सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत रु. तीन लाख नौ हजार ,सात सय सतसठी  काजकिरिया खर्च र कर्जा मिनाहा बापत उक्त रकम उपलब्ध गराइएको छ ।

एक कार्यक्रमका बीच मेल्लेख गाउपालिका अध्यक्ष ज्वालासिंह साउदको प्रमुख आतिथ्यमा सो रकमको चेक संस्थाको नियम अनुसार  स्वर्गीय साउदकी धर्मपत्नी साबि देबि साउदलाई हस्तान्तरण गरिएको शाखा प्रमुख बालाराम जोशीले जानकारी दिए ।  संस्थाको तर्फबाट स्वर्गीय साउदको मृत आत्माको चिरशान्तिको कामना सहित  परिवारमा संवेदना समेत व्यक्त गरिएको थियो ।

संस्थाले सदस्य सुरक्षण अन्तर्गत संस्थाले सदस्यका छोराछोरी को जन्मदेखी सदस्यको निधन सम्म तथा नेपाल सरकारले तोकेका घातक रोगको उपचार देखि सदस्यका छोराछोरीको अध्यनमा सहायताका लागि छात्रवृत्ति कार्यक्रम समेत संचालन गरेको छ ।

संस्थाले बिगत लामो समयदेखि बित्तिय तथा गैर बित्तीय सेवाहरु संचालन गर्दै आइरहेको छ। समृद्धिका लागि समुदाय संगसंगै भन्ने स्लोगनका साथ संस्था अगाडी बढिरहेको छ।

Leave a Reply