नगर प्रमुख ढकालको पहलमा अत्याधिक रक्तश्राव पछि ज्यान गुमाएकी सरिताका श्रीमानका आँखाको उपचार हुने

नगर प्रमुख ढकालको पहलमा अत्याधिक रक्तश्राव पछि ज्यान गुमाएकी सरिताका श्रीमानका आँखाको उपचार हुने

अछाम ः अत्याधिक रक्तश्राव पछि ज्यान गुमाएकी ढकारी गाँउपालिका वडा नं. ८ की सरिता जैशीका श्रीमानको उपचार हुने भएको छ । दुबै आँखा देख्न नसक्ने सरिताका श्रीमान् टंक प्रसाद जैशीको उपचार हुने भएको हो ।

कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले आफ्नै पहलमा टंक प्रसादको उपचारका लागि काठमाण्डौँ पुर्याएका छन् । आफु चड्ने गाडीलाई टंकप्रसादको घरमै पुगाएर उननलाई त्यहाँबाट लिएर सुर्खेत सम्म र त्यसपछि हवाईजहाज मार्फत काठमाण्डौँ पुर्याएका हुन् । नगर प्रमुख ढकालले आफ्नै खर्चमा काठमाण्डौँ पुगाएको र उनको उपचारका लागि तिलगंगा आँखा अस्पताल काठमाण्डौँमा लगिने बताए ।

आफ्नो गाँउठाँउको नागरिकको सेवाका लागि आफु जहिले पनि साथमा रहेको बताउदैँ नगर प्रमुख ढकालले जैशीको उपचारमा समेत सबै सहयोग गर्ने बताए । नगर प्रमुख ढकालले यसअघि पनि सरिताका परिवारका लागि आर्थिक सहयोग समेत गरेका थिए । यद्यपी नगर प्रमुख ढकाल र टंक प्रसाद जैशीको पालिका फरक फरक हो । उनि ढकारी गाँउपालिकाको भएपनि मानवियताको हिसावले अप्ठेरो परिस्थितीमा आफुले सहयोग गरेको नगर प्रमुख ढकालले बताए ।

सरितका परिवारको लागि ढकारी गाँउपालिकाले के कस्तो सहयोग गरिरहेको छ भन्ने बिषयमा कुरा गर्न खोज्दा गाँउपालिका अध्यक्ष प्रकाश साँउदको फोन सम्पर्क हुन सकेन् ।

सरिताका श्रीमान्, छोरीछोरीका लागि देश बिदेश र बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको छ ।

Leave a Reply