अछाममा ढुंगा लागेर एक बालक घाइते

अछाममा ढुंगा लागेर एक बालक घाइते

अछाम:अछाममा ढुंगा लागेर एक बालक घाइते भएका छन् ।हिजो शनिबार  जिल्लाको मेल्लेख गाउँपालिका -३ दर्वा का ७ बर्षिय बालक शुसान्त बुढा घाइते भएका हुन।

बुढा घर नजिकै रहेको पानिमुलको डाडामा बाख्रा चराउने क्रममा बाख्राले ढुङ्गा खसाल्दा घाइते भएका हुन।

उनको टाउकोमा चोट लागेको दिउँसो बयालपाटा अस्पताल पुर्याईएको थियो ।  अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारी जानकारी दिए ।

घाइतेको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको  छ ।

Leave a Reply