पुष्पलाल-मध्यपहाडी राजमार्ग अन्तर्गत अछाम खण्डको काम चाँडो सक्न प्रजिअ लम्सालको निर्देशन

पुष्पलाल-मध्यपहाडी राजमार्ग अन्तर्गत अछाम खण्डको काम चाँडो सक्न प्रजिअ लम्सालको निर्देशन

सुशील भण्डारी,अछाम २९ पौष ।

अछामका प्रमुख जिल्ला अधिकारि शिवप्रशाद लम्सालले पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत अछाम खण्डको काम चाडो सम्पन्न गर्न निर्देशन दिएका छन ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत अछामको मंगलसेन देखी बिनायक सम्मको विभिन्न ठाउँमा लामो समय देखी बाढी र पहिरोले क्षति पुर्याएको सडकको मर्मत कार्य छिटो अगाडि बढाउन उनले निर्देशन दिएका हुन ।

राजमार्गको तत्काल मर्मत एवं संरक्षण गर्न जरुरी भएको भन्दै जिल्ला प्रशासन कार्यालय अछामले पटक-पटक जानकारी गराउदा पनि हालसम्म सडक मर्मत नभएको लम्सालले बताए।

प्रमुख जिल्ला अधिकारी लम्साल र मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख सहितको टोलिले बाढीपहिरोले लामो समय देखि बिग्रेको मंगलसेन बजार देखि- मंगलसेन बसपार्क सम्मको सडक ,मंगलसेन – ठूलासैन खण्डको सडक ,जाँदा मंगलसेन नगरपालिका – ६, ७, ८ र ९ को सिमाना रहेको चिण्डे सामुदायिक वन, पञ्चदेवल विनायक नगरपालिका -३ स्थित नगरपालिकाको पुरानो भवन अगाडी (सुन्तालावाडी) लगायत विभिन्न ठाउँमा बिग्रेको सडकको स्थलगत अनुगमन गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजना मध्येको एक पुष्पलाल मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा सडक बिग्रदा दुर्घटना बढ्ने गरेको आम नागरिक बाट गुनासो आएपछि मर्मत कार्य अगाडि बढाउन पहल गरिएको हो ।

स-साना ठाउँमा बिग्रेको सडकलाई तत्काल मर्मतको प्रक्रिया अगाडि बढाउने र ठुलो ठाँउमा क्षति भएको सडकको वर्षायाम भन्दा अगाडि काम सम्पन्न गर्ने पुष्पलाल ( मध्यपहाडी ) राजमार्ग आयोजना कार्यालय दैलेखका प्रमुख अन्जु परियारले प्रतिबद्धता व्यक्त गरेकि छन ।

Leave a Reply