अछाममा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
सुशील भण्डारी ,अछाम : अछाममा ९८ वर्षका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
ढकारी गाँउपालिका – ८ घोडासैन माझी गाँउ बस्ने वर्ष ९८ वर्षका का गोपाले भुललाइ सामाजिक विकास कार्यालय अछामले न्यानो कपडा ब्ल्याङकेट, स्वीटर, टोपी लगायतका सामाग्रीहरु सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावल,जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख इश्वरी प्रसाद भण्डारी र वडा अध्यक्ष उद्दव उपाध्यले घरमै पुगेर हस्तान्तरण गर्नुभएको थियो ।
सुदुर पश्चिम सरकार संग जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत
उहाँलाई न्यानो कपडाले सम्मान गरेको कार्यालय प्रमुख रावलले बताउनुभयो । जाडो याम बढिरहेको अवस्थामा न्यानो लुगा जेष्ठ नागरिक हरुलाई धेरै राहत हुने बताउनुभयो
प्रदेश सरकारले घरमै आएर जाडोमा न्यानो लुगा हातैमा थमाइ दिदा निकै हर्षको महसुस भएको ९८ वर्षीया गोपाल भुलले बताउनुभयो।
हातमा न्यानो लुगा लिदैँ जाडोमा बृद्धाको उद्धार नै गरेको भन्दै भुलले धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अनुसन्धान अधिकृत डिलबहादुर चौधरी ,जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा बिनोद खनाल लगायतको उपस्तिथि रहेकोे थियो ।