स्कुल अफ डेमोक्रेसी अछामद्वारा दृष्टिविहीन र टुहुरा बिद्यार्थीको लागी तातो कम्बल वितरण

शुसिल भण्डारी
माघ ९, २०८१ १४:४६:३४ • १९० पटक पढिएको

सुशील भण्डारी,अछाम : मंगलसेन नगरपालिका – ५ मा अवस्थित षाेड्सा माध्यामिक बिधालयलाई तातो कम्बल वितरण गरिएको छ ।
बिधालयमा अध्यनरत दृष्टिविहीन र टुहुरा परिवारका बिद्यार्थीहरुलाइ प्रयोजनका लागी स्कुल अफ डेमोक्रेसी अछामले तातो कम्बल र डस्ना बितरण गरेको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष पदमराज अधिकारीले बताउनुभयो ।
बिधालयमा अध्यनरत र सोही बिधालयको आवास गृहमा बस्दै आएका १५ जना टुहुरा र ५ जना दृष्टिविहीन बालबालिकालाई १० सेट कम्बल र १० सेट डस्ना वितरण गरिएको स्कुल अफ डेमोक्रेसीका सचिव बम बहादुर स्वारले जानकारी दिनुभयो ।
बिधालयलाई कम्बल र डस्ना हस्तान्तरण गर्दै मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले
जिल्लामा क्रियाशिल अन्य परोपकारी संस्थाहरुले पनि यस्तै रचनात्मक काम हरु गर्नुपर्ने बताउनुभयो ।
बिधालयमा प्राप्त भएको सहयोगले असहाय बालबालिकाहरुको आवासका लागि धेरै राहत पुगेको बिधालयका प्रधानाध्यापक वृकेश सिंह बोगटीले बताउनुभयो । आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गर्दै विद्यालयको तर्फबाट सहयोगि निकायप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त संस्थाए केहि दिन पहिले मात्रै जिल्ला अस्पताल अछाममा भर्ना भएका बिरामीहरुको प्रयोजनका लागि ४० सेत कम्बल बितरण गरेको थियो ।
कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नामसिंह धामी ,शिक्षक जयबहादुर बोगटि,नारायण ढुंगाना,धनु केसि सर्प रिमाल ,तपेन्द्र स्वार लगायतको उपस्थित रहेको थियो ।
सिफारिस