कोराना कालमा रात दिन नभनी मंगलसेन न•पा जनताका लागि खटिएका मृगौला पीडित देवकोटाको उपचारमा समस्या

अछाम : कोराना कहरको समयमा रात दिन नभनी मंगलसेन नगरपालिका नागरिकको ज्यान बचाउनका लागि खटिएका स्वास्थकर्मी सिद्धराज देवकोटा आफै यतिबेला जीवन र मरणको दोसाँधमा रहेकोकाछ्न ।
नेपालमा कोरोनाको जरजर अवस्थामा देवकोटा मंगलसेन नगरपालिकाका १४ वटै वडामा पुगेर त्यहाँका नागरिकको स्वाब संकलनमै व्यस्त हुन्थे । त्यती मात्रै नभएर देवकोटाले जिल्ला स्थित सुरक्षा निकाय सबै क्षेत्रका सुरक्षाकर्मिको स्वाव संकलनका लागि अहोरात्र खटिएका थिए । ऊनी आवश्यकताका आधारमा आफ्नो ज्यानको प्रवाह नगरी नागरिकको स्वास्थ्य सेवामा तैनाथ थिए ।
आफनो ज्यानको प्रभाह नगरी अहोरात्र खटिएका जुपु स्वास्थ्य चौकी अछाममा कार्यरत् ल्याब असिस्टेन्ट देवकोटाकाे दुबै मृगौला ले काम गर्न नसक्ने भएपछि हाल हप्ताको दुईदिन भेरी अस्पताल नेपालगन्जमा डायलाइसिस गरी रहेका छन । आर्थिक अभावको कारण उनको उपचारमा समस्या भएको छ ।
हाल भेरी अस्पतालले काठमाण्डौ रेफर गरेको हुनाले सहयोगी र मनकारी महानुभावहरुलाइ आफ्नो तर्फबाट सक्दो सहयाेग गरि देवकोटाको ज्यान बचाउन सहयोग गरिदिन उहाँको परिवारले अपिल गरेको छ ।
सहयोगको लागी
(महालक्ष्मी विकास बैंकमा 9858482693 मा मोबाइल बैंककिङ बाट सहयोग गर्न सकिने छ ।