अछाममा दुई किशोरी जंगलमा मृत अवस्थामा फेला

अछाममा दुई किशोरी जंगलमा मृत अवस्थामा फेला

अछाम : पल्साँताका दुईजना किशोरी जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार  दिउसो बाख्रा चराउन जंगल गएका अन्दाजी १४/१५ वर्षकि सरस्वति खड्का र ईश्वरी खड्का साझ सम्म घर नफर्किएपछि खोजीकार्य गर्दा ढकारी गाँउपालिका – १ को छिन्ने वडार जंगलमा शानिबार आज मृत अवस्थामा फेला परेका हुन्

मृतक किशोरीहरु कमलबजार नगरपालिका – १० मा रहेको श्री बिद्या प्रवोधनी माद्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन ।

घटनाको थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय कमलबजार बाट प्रहरीको टोलि घटनास्थल तर्फ गईरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । किशोरीहरुको मृत्युको कारण खुलेको छैन ।

Leave a Reply