निजामती कर्मचारी युनियन कमलबजार न•पा कार्यसमितिको शुभकामना आदानप्रदान तथा बिदाइ कार्यक्रम सम्पन्न

निजामती कर्मचारी युनियन कमलबजार न•पा कार्यसमितिको शुभकामना आदानप्रदान तथा बिदाइ कार्यक्रम सम्पन्न

जनताका काम छिटोछरितो र सर्वसुलभ तबरबाट गरी सुशासनको प्रत्याभूति दिन र सरकारलाई सघाउन निजामती कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

स्वच्छ पारदर्शी र सुशासन युक्त सेवा प्रवाह र कर्मचारि प्रशासनलाई व्वस्थित र मर्यादित रुपमा संचालन गर्न नेपाल निजामती कर्मचारी युनियन सदैव उद्धत रहेकाे र मुलुकले अवलम्बन गरेकाे वर्तमान संघियताकाे सफल कार्यान्वयनमा कर्मचारीतन्त्रकाे सवैभन्दा ठुलाे सुभेच्छुक संस्था युनियन नै भएकाेले अझ बृहत्तर रुपमा यसलाई सक्रिय बनाउन नगर प्रमुखले सुझाव व्यक्त गर्नु भयाे ।

सरकारलाई सफल गराउने हात नै निजामती प्रशासनमा रहेकोले ‘जनताका स–साना कामलाई गरेमा ठूलो उपलब्धि हासिल हुने उनको भनाइ थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सुनिल कुवरले आफु नेतृत्वको कार्यकाल सफल रूपमा सम्पन्न गराउन विभिन्न तह र तप्का बाट हयोग गर्नुहुने सम्पुर्ण लाई धन्यवाद दिनुभयो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष दिर्घ टमट्टा,वडा नम्बर १ का वडा सदस्य पदम राज ढकाल लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमकाे संचालन कर्मचारी युनियनका नि वर्तमान सचिव नेत्र बहादुर बिस्टले गर्नुभएको निवर्तमान  अध्यक्ष सुनिल कुवरले जानकारी दिनुभयो ।

इश्वर राज ढकालको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष डबल बहादुर बिक ,समाबेशी उपाध्यक्ष ज्योति नेपाली ,सचीव नेत्र बहादुर थापा ,सहसचिव पुष्पा सापकोटा ,काेषाध्यक्ष यसोधा जोशि ,सदस्य चक्र बहादुर बिष्ट ,सुनिल कुवर,धिरेन्द्र भण्डारी ,पार्वती कुमारी बिसि,कौशी भण्डारी ,भानुभक्त ढकाल ,तेजबहादुर बिष्ट रहेका छन । त्यस्तै  पुर्ण प्रसाद बजगाइको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिती गठन गरिएको छ । जसको सदस्यमा देबेन्द्र बहादुर शाही ,नेत्रबहादुर बिष्ट ,बिष्णु बोगटी ,मदन भण्डारी ,बिमल कुमार कार्की ,बिरेन्द्र भण्डारी रहेका छन् ।

Leave a Reply