अछाममा झण्डै १४ हजार किशोरीलाई एचपिभी खोप लगाईदै

अछाममा झण्डै १४ हजार किशोरीलाई एचपिभी खोप लगाईदै

अछाम:अछाममा झन्डै १४ हजार किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर बिरुद्धको एचपिभी खोप लगाईने भएको छ।

कक्षा ६ देखि १० सम्म विद्यालयमा अध्ययनरत तथा बाहिर रहेका १० बर्ष देखि १४ बर्षका १३ हजार ९ सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको HPV खोप लगाईने लक्ष्य रहेको स्वास्थ कार्यलय अछामले जानकारी दिएको छ।

देशभरको अभियान अन्तरगत अछाम जिल्लामा २२ गतेबाट सुरु हुने खोपमा विद्यालयमा अध्ययनरत १३ हजार ६ सय ७३ र विद्यालय बाहिर रहेका ११ देखि १४ बर्ष उमेरका २ सय ४८ गरि १० वटै स्थानिय तहका १३ हजार ९ सय २१ जना किशोरीलाई खोप लगाईने कार्यालय अछामले जनाएको छ ।

पत्रकारहरुसँग एचपिभी खोप अभियान तथा समग्र स्वास्थ्य अबस्था सम्बन्धी भएको अन्तरिक्रिया कार्यक्रममा सुदुरपश्चिम प्रदेश सामाजिक विकास कार्यालयका जन स्वास्थ्य निरिक्षक झपटराज ढुंगानाले नेपालले सन २०३० भित्र नेपालबाट क्यान्सर रोग निवारण गर्ने अभियान अन्तरगत सरकारको पहिलो अभियान प्रारम्भिक १० देखि १४ बर्षका किशोरीलाई खोप दिने अभियान सुरु भएको बताए ।यो अभियान सुरु भएसंगै दोस्रो चरणमा हरेक महिलाले पाठेघर मुखको परिक्षण स्क्रिनिङ्ग गर्ने र तेस्रो चरणमा पाठेघर मुखको क्यान्सरको निदान भएका महिलाहरुको उपचार गर्ने लक्ष्य सरकारको रहेको ढुंगानाले जानकारी दिए।

कार्यक्रममका अध्यक्ष स्वास्थ्य कार्यालय अछामका निमित्त कार्यालय प्रमुख दिपेन्द्र जोशीले समग्र स्वास्थ्य कार्यालय मार्फत भएका कामको जानकारी दिनुका साथै अछाममा माघ २२ गतेदेखि २६ गतेसम्म सचालन हुने खोप अभियानलाई प्रभावकारी बनाउन प्रचारप्रसारमा जोड दिन संचारकर्मिलाई आग्रह गरे।

Leave a Reply