यशोदा फूड्स प्रा.लि द्वारा जयगढका आगलागी पीडितलाई १११ कार्टुन चाउचाउ सहयोग

यशोदा फूड्स प्रा.लि द्वारा जयगढका आगलागी पीडितलाई १११ कार्टुन चाउचाउ सहयोग

अछाम : नेपालको खाद्य बजारकै अग्रणाी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगटेको, यशोदा फूड्स प्रा.लिले बान्निगढी जयगढका आगलागी पीडित लाई चाउचाउ सहयोग गरेको छ ।

यशोदा फूड्स प्रा.लि का सहायक महा प्रवन्धक राज कुमार श्रेष्ठले बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउद मार्फत पीडितले पाउने गरि १११ कार्टुन करेन्ट चाउचाउ हस्तान्तरण गर्नुभएको उक्त  कम्पनीका बिक्री प्रबन्धक भुपालमान बिष्टले जानकारी दिनुभयो।

कम्पनीले व्यवसायीक संगै विभिन्न बिपदको समयमा मानवीय भावनाले अफ्ट्यारोमा परेका मानिस हरुलाइ सहयोग गर्ने गरेको सहायक महा प्रवन्धक राज कुमार श्रेष्ठले बताउनुभयो । हामीले गरेको यो सानो सहयोगले  संकटको घडीमा पीडितको घाउमा महलम लगाउन ठूलो मद्दत पुग्ने उहाँको भनाइ छ ।

कम्पनिको तर्फबाट आगलागी पीडित लाई ५१ हजार बराबरको चाउचाउ बितरण गरिएको हो ।

उक्त राहत हस्तान्तरण कार्यक्रममा बान्निगढी जयगढ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त रावल ,यशोदा फुड्स प्रालिका कर्मचारी दिनेश कुवर लगायतको उपस्तिथि रहेको थियो । बिपत्तिको अवस्थामा राहत स्वरुप चाउचाउ उपलब्ध गराएकोमा गाउँपालिका अध्यक्ष साउदले धन्यवाद व्यक्त गर्नुभयो ।

बुटवलमा स्थापित यशोदा फुड्स प्रालिको उद्योगले लाली र करेण्ट चाउचाउ उत्पादन गरि बजारमा ल्याएको छ ।

Leave a Reply