जाने बेलामा : कमल संघर्ष
सडक मिडिया
चैत्र १३, २०७६ ११:५०:०९ • ११४३ पटक पढिएको
आफ्नाहरु पर्छन फेला जाने बेलामा
र थपिन्छ झन् झमेला जाने बेलामा
आफैसँग छुट्टिएर हिडेको छु आज
तिमी हुन्थ्याै कुनै बेला जाने बेलामा
बालाई खोजी ल्याउछु भर नपर्नु आमा
भन्न त आँउछु भनिएला जाने बेलामा
एउटै आश हुदो रैछ एक्लो मान्छेलाई
कस्ले हात हल्लाई देला जाने बेलामा
– कमल संघर्ष