गजल – हरिप्रकाश भण्डारी
सडक मिडिया
चैत्र २१, २०७६ २१:४३:५७ • १४५१ पटक पढिएको
मनभरी पिर रहेछ आखामा पानी रहेछ,
मुस्कुराएर बिरोध गर्ने उसको बानी रहेछ।
हामी जन्मदिन सम्झेर उत्सव मनाइरहेछौ,
हरेकबर्ष मृत्युले नजिक नजीक तानिरहेछ।
आफन्त जस्ता दुश्मन,दुस्सन जस्ता आफन्त ,
बुझ्नै मुस्किल तिमि अर्को जिन्दगानी रहेछ।
सुन्दर र कुरुप पनि , धनी र गरिब पनि
घमण्ड नगर अन्तमा हुने खरानी रहेछ।
हरिप्रकाश भण्डारी, बर्दिया
सिफारिस