कविता ः कुविचार
नवीन श्रेष्ठ
घोराही दाङ
म तिम्रो सामिप्यतामा डुब्दै
तिम्रो कल्कलाउँदो यौवनहरुलाई सुम्सुम्याउँदै
दर्जनौँ नारीहरुलाई यौवन र बैशका प्यासहरु मेटाईदिने
समुन्द्रका मान्छाहरु जस्तै सल्बलाई रहने
आफ्नै आमा, दिदी, भाउजू
र छोरीलाई समेत नछाड्ने एक बलात्कारि न हुँ।
तिमीले मलाई कहिल्यै बिश्वास नगर्नु
कसैगरी आत्मीयता पनि नगाँस्नु
किन कि म बैशले उम्पात भएको एक बैसालु हुँ।
तिमी त सौन्दर्यले सझिएकी
यौवन र जोवनले चुलिएकी
ज्ञान गुनले तपि(दिक्षित) भएकी
व्यवहारिकताले भरिएकी
एक सर्बश्रेष्ठ हौ ।
तिमीसँगै मसङ्ग बोल्दैमा पाप लाग्छ
घृणा लाग्छ
त्यतिमात्र कहाँ होर ?
जात धर्ममै सकिन सक्छ
विचार र व्यवहार त झनै मेल खाँदै खाँदैन
त्यसैले तिमी मसङ्ग संगत नगर्नु,
फोन ,
पनि गर्दै नगर्नु
मसङ्ग बोल्दैमा तिम्रो इज्जत लुटिन्छ
पैसा भुटिन्छ
समय पनि निरर्थक हुन्छ
किन कि म धन्दामा लागेको पुरुष हुँ।
हुन त तिमीलाई मैले हिमाल जस्तै अटल देख्थे
फक्रिएको फूल जस्तै सुगन्धित पाउँथे
समुन्द्र जस्तै निश्चल देख्थेँ
तर माफ गर प्रिय,
तिमी मेरो नजिक आउँदै नआउनु
किन कि म केवल
मैले भनेका कुराहरु मान्दिए हुन्थ्यो
यौवनका महसुुस हुन्थ्यो
कमसेकम भवनालाई त बुझ्दिए हुन्थ्यो भन्ने एक कुबिचारी हुँ।
लाखौं हुलहरुमा
करोडौं भिडहरुमा
सधैं तिमीले मलाई
कुविचारी,अनैतिक र अव्यहारिक देखि रह्यौ।
यसमा तिम्रो थियो या मेरो
म अझै भन्न सक्दिन ।
समय र परिस्थिति पनि यस्तै भयो
न्यायमा पनि अन्यायका भ्रुणहरु देख्यौ
प्रेमका भवनामा पनि घृणाका गीतहरु लेख्यौ
अमृतमा पनि विषका स्वादहरु भेट्यौ
आशाका स्तम्भहरु मेट्यौ
अब कहिल्यै नस्म्झिनु मलाई
बिगतले झस्काई रहनेछन्
बर्तमानले चिमोटि रहेछन्
मेरा बारे प्रवचन पनि कतै नदिनु
अब तिमी चेतनाका बिगुलहरु फुकेर आउनु
बलात्कारिलाई सजाय लिएर आउनु
न्यायका ढोकाहरु खोलेर आउनु
अन्तमा यो बलात्कारीको तिमीलाई शुभकामना छ प्रिय।शुभकामना