भोटे ताल्चा – केशव शर्मा
आफ्नो विवेकमा एउटा ठुलो भोटे ताल्चा लगाएर
र सांचो फेरी कहिल्यै नभेटीनेगरी
टाढा कतै मिल्काएर
शान्तिको मिठो निन्द्रा सुतेको अभिनय गर्दै
दिवास्वप्नमा लिप्त मालिकहरु
कुम्भकर्ण निन्द्रा निदाईरहंदा
घरघरी सांचो घोचिनुको पिडा बाट
उन्मुक्त परिवेशमा
सानो छिद्र भित्रको अँ’ध्यारो मै
भोली बोधीवृक्ष बन्ने मिठो सपना बोकेर
एउटा कलिलो बिरुवा
उम्रेको छ एकाबिहानै
एक बैस रहर पालेर मनभरी
चिरेर साँघुरो आयतन
तोडेर कठोर फलामे बन्धनहरु
उन्मुक्त सिङ्गै आकाश ढाकेर
झ्यांगिन मन छ उसलाई
फैलाउन मन छ जराहरु
बाँझो पाटाभरि
र सिंगो आकाश ढाकेर
फैलिन मन छ निस्फिक्री
बस मनमा यत्ति एउटा डर छ
कतै भोली
जमिन आकाश फैलिएका उसका
हाँगाबिंगा र पातहरुमा
विचरण गर्न आउने
को’किलकण्ठ चराहरुको
मधुर गान सुनेर
फे’री मालिकहरुको निन्द्रा बि’थोलियो
र ब्युझिए भने
निन्द्रा खल्बल्याएको अभियोगमा यिनले
उसलाई जरै देखि
काटेर मिल्काईदिने छन
उसको नामोनिशान नरहने गरि
ध’त्तेरिका !
एउटा नाथे सपना देख्न पनि
कसैको स्वीकृति लिनु पर्ने ?
६ मे २०१९, ब्रिसबेन, अष्ट्रेलिया