गजल : अमला अधिकारी
सडक मिडिया
माघ १३, २०७६ ०७:३१:२७ • ११०६ पटक पढिएको
छन त सिन्धुली काठमाडौँको नजिक छ
जस्तो कि बुहारी जेठाजुको नजिक छ
भोकै सुतेर खेलौँना किनिदिनु पर्छ
छोरो धनी बच्चाहरूको नजिक छ
घाटबाट मलामी यस्तो पढेर आयो
जिन्दगी सबैभन्दा मृत्युको नजिक छ
भोक चिनेकै छैन, भात पत्याएकै छैन
अझै पनि ऊ आमाबाबुको नजिक छ
मीठो, मसिनुभन्दा टाढा छ मूर्तिकार
मूर्ति भने भेटी र लड्डुको नजिक छ