अच्युत कलौनीः ‘डाइनामिक लिडर’

अच्युत कलौनीः ‘डाइनामिक लिडर’

कञ्चनपुर, ८ असोज:मुलुकभर नेपाली कांग्रेसको महाधिवेशनको चर्चा चुलिएका बेला वडा स्तरको निर्वाचन सकेर सिमान्त जिल्ला कञ्चनपुर कांग्रेस शनिबार यहाँको नौ वटा पालिका स्तरको नेतृत्व चयन गर्दैछ ।
सात नगरपालिका र दुई वटा पालिका गरी नौ वटा स्थानीय तह रहेको कञ्चनुरमा सबैतिर निर्वाचनको सरगर्मी बढेको छ । तुलनात्मक रुपमा जेठा नगरपालिका भीमदत्तमा चुनावी चर्चा केन्द्रमा छ ।
नगर सभापतिको नेतृत्व आफ्नो पक्षमा पार्न दुई वटा समुह प्यानलसहित चुनावी मैदानमा छन् । बिहीबार पार्टी कार्यालयमा सहमतीमा नेतृत्व चयन गर्ने प्रयास गर्दै प्रतिस्प्रर्धीद्धय अच्युत कलौनी र आशिष खत्रीको तस्बीर कार्डका रुपमा फ्याइएपनि नेतृत्वको भोक दुवै पक्षले छोडेन् । अब कांग्रेसको नगरसभापति चुन्ने अवसर १९ वटै वडासभापति र त्यहाँबाट छनौट भएर आएका प्रतिनिधीको हातमा छ ।
३८५ जना कांग्रेसका वडा स्तरका नेता तथा कार्यकर्ताहरुले नगरको पदाधीकारीसहितको नेतृत्वका लागि आतुर छन् ।
२०५७ साल सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका नगरसभापतिका युवा उम्मेदवार अच्युत कलौनी पार्टी यहाँको पार्टी पंक्तिसंगै सामाजिक क्षेत्रको परिचित नाम हो ।
नेविसंघबाट राजनीतिक यात्रा थालेका कलौनी अहिले पार्टीको नगरको नेतृत्वका लागि दाबी गर्दासम्म उनको सक्रिया झ्न बढेर आएको छ ।
महेन्द्रनगर र आसपासका क्षेत्रमा युवा÷विद्यार्थीहरुलाई समस्या आउँदा लोकतान्त्रिक विचार राख्नेहरु समस्या समाधानका निम्ती प्रायः सम्झिने नाउँमा पनि अच्युत कलौनी नै हो ।
नेविसंघको जिल्ला अध्यक्ष हुदै केन्द्रीय सह–महामन्त्री भइसकेका कलौनी राजनीतिमा फुलटाइमर पनि हुन ।
निर्वाच क्षेत्र नं. ३ कञ्चनपुरमा प्रतिनिधीसभा सदस्यमा निर्वाचन लड्ने नेताको पकडमा रहेको क्षेत्र हो । जुन नेता जहाँबाट लड्छ त्यहाँ उसको पकड रहनु स्वाभावित पनि मानिन्छ । तर पछिल्लो समय कञ्चनपुर कांग्रेस दुई केन्द्र स्तरका उपगुटको शिकार बन्दै छ । केन्द्रस्तरका नेता यहाँ रिसोर्टमा बसेर गुटको राजनीतिलाई केन्द्रमा राखेर निर्वाचनमा ध्यान केन्द्रीत गरेका छन् ।
नगरसभापित पदका बलिया दाबेदार अच्युत कलौनी आफू नेतृत्वमा आए गुटरहित राजनीतिलाई प्राथमिकतामा राखेर जन जनको घरदैलोमा कांग्रेसलाई पु¥याउने दाबीसहित मत माग्दै छन् ।
यसअघि पनि नगरसभापति पदमा पराजित कलौनीले अहिले आफ्नो पक्षमा ८० प्रतिशत नेता तथा कार्यकर्ताहरुको साथ रहेको बताउछन् ।
“ चुनावमा एजेण्डा राम्रा भएर मात्रै हुदैन ।” उनले भने–“ त्यो नेतृत्वमा पुगेपछि कामले देखाउने कुरो हो ।”
भीमदत्त नगरपालिकाभित्र रहेका अनियमितता र भ्रष्टाचार विरुद्ध पनि आफू शसक्त रुपमा उभिने बताउदै उनले गुटको राजनीति गर्ने सङ्गक्रिण सोच भएकाहरु अहिले मतदातालाई आर्थिक प्रलोभनमा पार्नुका साथै विभिन्न उधारा आश्वासन बाडेर हिडिरहेको आरोप समेत लगाए ।
“ पुरानालाई सम्मान, युवालाई स्थान दिएर पार्टीलाई समाजमा शसक्त रुपमा उभ्याउने बेला आएको छ ।” उनले भने–“ हार्नेले जित्नेलाई र जित्नेले हार्नेलाई सम्मान गर्ने संस्कारको निर्माण पनि गर्नुपर्छ ।”
उनले आफूसित प्रतिस्पर्धा गर्ने उम्मेदवार अरु नेताको उस्काहटमा निर्वाचनमा तयार भइरहेको आरोप समेत लगाए ।
कलौनीसंगै उनीसित प्यानलमा रहेका अन्य पदाधीकारीका उम्मेदवार पनि जवरजस्त छन् ।
ट्रेड युनियन कांग्रेसको नेतृत्व गर्नुका साथै हाल भीमदत्त नगरपालिका–४ को वडा सदस्य समेत रहका शुशील भट्ट उपभासपतिका अर्का बलिया उम्मेदवार हुन । पार्टी राजनितीको काममा सक्रिय रहने मध्येमा महेन्द्रनगरमा उनको नाम पनि अग्रस्थानमै आउँछ ।
हाल चुनावी दौडमा रहेका भट्टले आफू पार्टीलाई नगरमा अझ सक्रिय बनाउन खटिने बचन व्यक्त गर्छन । “ हार जीत पार्टीका साथीहरुसित भन्दा पनि अरु पार्टीसित निर्वाचनमा हुने गर्ने गरी एकठिक्का भएर कांग्रेस जानुपर्छ ।” उनले भने–“ यसअघि प्रतिनिधीसभादेखि प्रदेश र पालिकास्तरसम्म पार्टीले हारको क्षतिबाट पाठ सिकेर हामी अगाडी बढ्न जरुरी छ ।”
होटल व्यवसायी संघमा समेत लामो समयदेखि आवद्ध भट्ट व्यापार र उद्योग व्यवसायको क्षेत्रमा पनि परिचित छन् ।
२०४६ को दशकबाट राजनीतिमा उदाएका भट्टले महेन्द्रनगर क्षेत्रमा जनतासित काम गरेको अनुभव पनि पार्टी संगठन निर्माणदेखि सुदृढिकरणका लागि काम लाग्ने बताउछन् ।
त्यसैगरी युवा पुस्ताका अर्का नेता हुन राहुल भट्ट । विद्यार्थी राजनीतिबाटै कांग्रेसमा आवद्ध उनी उद्योग बाणिज्य क्षेत्रमा पनि आशलाग्दा युवा व्यवसायी हुन । खेल क्षेत्रसंगै यहाँका व्यापारीहरुको हरेक समस्या समाधानमा पछि नहट्ने भट्ट कांग्रेसको नगर सचिबका शसक्त उम्मेदवार हुन ।
२०५९ सालमा विद्यार्थी छदा राजनीतिमा आएका भट्ट सबल र बलिलो कांग्रेस बनाउन आफू नेतृत्वका लागि मैदानमा उत्रिएको बताउछन् ।
निजी क्षेत्रको प्रतिनिधीमुलक संस्था कञ्चनपुर उद्योग बाणिज्य संघको कार्यसमितिमा रहेर कार्यअनुभव बटुलिसकेका उनले योजनाबद्ध ढंगले कांग्रेसलाई टोलस्तरबाट मजबुद भएर बनाउन आवश्यक रहेको बताउनुछन ।
“ चुनावका बेला मात्रै पार्टी राजनीतिमा सक्रियता देखाएर मात्रै हुदैन ।” उनले भने–“ जनताको पीर मर्कामामा पनि राजनितिज्ञले सक्रियता देखाएर मन जित्न सक्नुपर्छ ।”
उनले आफ्नो प्यानलसहित निर्वाचनमा बिजय हासिल गर्ने दाबी गरे । “नेतृत्वकर्ता नै सक्रिय राजनीतिको सबल पात्रलाई छानेका छौं ।” उनले भने–“ यो आग्रह÷पुर्वाग्रह भन्दा पनि इमान्दार र नेतृत्व क्षमता भएकालाई जिम्मेवारीमा पु¥याउने बेला पनि हो ।”

Leave a Reply