सोह्र दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत मंगलसैन नगरपालिकाका महिलाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सोह्र दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत आज मङ्गलसैन नगरपालिकाको वडा नम्बर ४ र ५ मा महिलाहरु सङ्ग अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा लैङ्गकि हिंसाले महिलाहरुमा पारेको असर र यस बाट सिर्जित समस्याको बारेमा छलफल भएको थियो । सो कार्यक्रममा युएनएफ पि ए का जिल्ला संयोजक आस्था रिजाल, मंगलसैन नगरपालिकाका महिला विकास अधिकृत मन्जु महत,वाक नेपालका फिल्ड अधिकृत गिता ढुंगाना, इलाका प्रहरी कार्यालयका प्रमुख, वडा नम्बर ५ का वडा सचिव हेमन्त साउद ,असिस्टेन्ट सब इन्जिनियर संगीता चलाउने लगायत कर्मचारी र वडा न ४ र ५,का महिलाहरु को सहभागिता रहेको थियो । पिसविन बाजुराका फिल्ड सुपरभाइजर राधा आचार्यले उक्त कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । मंगलसैन नगरपालिकाको आयोजना तथा युएनएफ पि ए , पिसविन बाजुरा, वाक नेपाल र अन्य सस्थाहरुको आर्थिक सहयोग रहेको उक्त कार्यक्रमको अध्यक्षता वडा नम्बर ४ का वडा सदस्य भावना केसिले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन वडा नम्बर ४ का वडा सचिव उर्मिला जिसिले गर्नुभएको थियो ।