नेपालमा बढिरहेको भ्रष्टाचारबारे विदेशीसमेत अचम्मित छन् : काङ्ग्रेस बरिस्ठ नेता कोइराला

नेपालमा बढिरहेको भ्रष्टाचारबारे विदेशीसमेत अचम्मित छन् : काङ्ग्रेस बरिस्ठ नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्टाचारबारे विदेशीसमेत अचम्मित हुन थालेको बताएका छन् ।

कांग्रेस धनपालथान गाउँपालिकाले शुक्रबार मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले कुनै पनि किसिमको भ्रष्टाचारलाई प्रश्रय नदिने बताए ।

‘आजभोलि हरेक विदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन् । के जवाफ दिने ?’ उनले भने । नेता कोइरालाले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै विदेशीका अगाडि शीर झुकाएर हिँड्नु पर्ने अवस्था सिर्जना भएको बताए ।

भ्रष्टाचारमुक्त समाज निर्माणमा आफू कत्ति पनि नडग्मगाउने प्रतिबद्धतासमेत कोइरालाले गरे । भ्रष्टाचारको अन्त्य नभएसम्म जति भाषण गरे पनि देश विकास नहुने कोइरालाको तर्क थियो । ‘अहिलेसम्मको कांग्रेस कसरी चल्यो । म त्यता जान्न तर अब कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारलाई प्रश्रय दिने छैन,’ उनले भने ।

Leave a Reply