काठमाडौंमा एकैदिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित, कुन ठाउँमा कति ?
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा पछिल्लो २४ घण्टामा काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनालाई संक्रमण पुष्टि भएको हो।
अद्यावधिक विवरण अनुसार शनिबार नेपालमा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । शुक्रबार मात्रै २०५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३० हजार ८१८ रहेकाे छ । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।