शेयर बजारमा नकारात्मक सर्किट, नेप्से १ सय २३ अंकले घट्याे
काठमाडौं : साताको पहिलो कारोबार दिनमै सेयर बनारमा नेगेटिभ सर्किट लागेको छ । आइतबारको सेयर बजार ६ प्रतिशतले घटेर समयभन्दा अघि नै कारोबार बन्द भएको हो ।
दिउँसो २ बजेर १३ मिनेट जाँदा बजार बन्द भएको हो । बिहीबार अघिल्लो कारोबार दिनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक २ हजार ५५ विन्दुमा रोकिएको थियो । आइतबार बजार परिसूचक १ सय २३ अंकले घटेर १ हजार ९ सय ३२ अंकमा झरेको छ ।
नेप्सेको सर्किट ब्रेकर प्रणाली अनुसार बजारमा एकैदिन ६ प्रतिशतभन्दा बढी बिन्दुले बजार घटेमा त्यो दिनको कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।