यी हुन् ओली समुहकाे केन्द्रीय सदस्य अस्वीकार गर्ने १० नेता
प्रधानमन्त्री केपी शर्मा ओलीले थाहै नदिइ आफ्नो समूहको नेकपामा केन्द्रीय सदस्य बनाएको भन्दै केही नेताले पद अस्वीकार गरेका छन् । मंगलबार ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ४ सय ४६ केन्द्रीय समिति रहेको नेकपामा सदस्य थप गर्दै ११ सय ९९ केन्द्रीय सदस्य बनाइएको थियो ।
तर केही नेताले भने केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । बिना जानकारी केन्द्रीय समिति सदस्यमा राखेपछि पद अस्वीकार जनाउँदै नेताहरूले विज्ञप्ति निकाल्न थालेका छन् ।
यी हुन् केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरु
१) डम्बरध्वज तुम्बाहाम्फे–ताप्लेजुङ, २) गोपाल बुडाथोकी–झापा, ३) जसमाया गजमेर–प्रदेश १ सामाजिक विकास राज्यमन्त्री , ४) ज्ञानेन्द्र श्रेष्ठ–उदयपुरको कटारी नगरपालिका प्रमुख, ५) सुन्दर वि.क.–नेकपा बारा जिल्ला सचिव, ६) कमलेश झा–नेकपा प्रदेश २ सदस्य, ७) भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य, ८) बृहस्पति अधिकारी–नवलपरासी, ९) जागेश्वरीदेवि चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख, १०) अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य
डम्बरध्वज तुम्बाहाम्फेको विज्ञप्ति