‘काम चलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेर निरङ्कुशताको बाटो समाए’:कांग्रेस नेता गुरुङ
काठमाडौं :नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले काम चलाउ प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीले पूर्णरुपमा निरङ्कुशताको बाटो समाएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले संबिधानको धारा ७७ (१) ग बमोजिम केपी ओली अब प्रधानमन्त्री पदबाट मुक्त भैसकेको र सोही धाराको उपधारा ३ बमोजिम उनी काम चलाउ प्रधानमन्त्री भएको बताएका हुन् । उनै काम चलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेर पूर्णरुपमा निरङ्कुशताको बाटो समाएको उनको टिप्पणी थियो ।
उनले लेखेका छन् :
संबिधानको धारा ७७ (१) ग बमोजिम केपी ओली प्रम पदबाट मुक्त भैसके । सोही धाराको उपधारा ३ बमोजिम उनी काम चलाउ प्रम हुन् । काम चलाउ प्र.म.ले मन्त्रिपरिषद विस्तार गरेर पूर्णरुपमा निरङ्कुशताको बाटो समाएका छन् । लोकतान्त्रिक संसदीय पद्धति नै धरापमा परिसक्यो । लोकतन्त्रवादीहरुको चेत खुलोस्।