काङ्ग्रेस मेल्लेख गाउँकार्यसमिति वडा नम्बर ५ द्वारा विरोध प्रदर्शन

काङ्ग्रेस मेल्लेख गाउँकार्यसमिति वडा नम्बर ५ द्वारा विरोध प्रदर्शन

 अछाम : प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेस  मेल्लेख गाउँपालिका वडा नम्बर  ५ ले   विरोध प्रदर्शन गरेको छ ।

वडा सभापति प्रकाश खड्काको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछामका काेषाध्यक्ष

झंकर साउद रहनुभएकाे थियोे । प्रमुख अतिथिको आसन बाट बोल्दै भण्डारीले प्रधानमन्त्री वलि र राष्ट्रपति बिधा देबि भण्डारीले गरेको  संसद बिगठन कार्य  असंवैधानिक ,अलोकतान्त्रिक भएको   बताएका छन् ।
वर्तमान केपि वलि नेतृत्वको सरकारले संसद बिगठन गरेर नेपाली जनताको लामो संघर्स बाट स्थापित संबिधान लाई तहसनहस पारी  लोकतन्त्रको धज्जी उडाएकोले नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षाका सडक आन्दोलनमा उत्रिएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछामका सदस्य राधिका अधिकारी  रहनु भएको थियो । कार्यक्रममा क्षेत्रीय सदस्य मीन बहादुर रोकाया, नेपाल किसान संघ अछामका सदस्य कासिराम रोकाया, ,नेपाल विद्यार्थी संघ जिल्ला सदस्य  मेघराज रोकाय,मेल्लेख गाउँपालिका वडा नम्बर ५ का महिला सदस्य चन्द्रकला खड्का ,युवा सजगता अभियान मेल्लेखका संयोजक सागर बोहरा लगायतले बिरोध मन्तव्य राखेक थिए । स्वागत मन्तब्य चंख अधिकारी राख्नु भएको थियो ।

Leave a Reply