रामारोशनका बाढी पिडितलाई दर्शन समाज जापानद्वारा १ लाख ८३ हजार आर्थिक सहयोग

रामारोशनका बाढी पिडितलाई दर्शन समाज जापानद्वारा १ लाख ८३ हजार आर्थिक सहयोग

अछाम:गत भाद्र २ गते रामारोशनमा आएको बाढी पहिरो बाट पिडित परिवारलाई दर्शन समाज जापान बाट रु १ लाख ८३ हजार ५ सय १० रुपैयाँ आर्थिक सहयोग गरेको छ। भाद्र २ गते को बाढी पहिरो बाट मृत्यु भएका १७ जनाका ८ परिवारलाई उक्त रकम वितरण गरिएको समाज सेवी पुष्प बिष्टले बताउनु भएको छ। रामारोशन गाउँ पालिका ५ सैनि निवासी नवीन शाह ( नरेन्द्र ) र कमला शाहको पहलमा जापानमा संकलित राहत नेपाल कम्युनिस्ट पाटी रामारोशन गाउँ पालिका सचिव समाजसेवी पदम शाह मार्फत रकम सहयोग गरिएको हो।
रामारोशन गाउँ पालिका वडा न ५ का वडा अध्यक्ष लक्ष्मण परिवारको अध्क्षतामा भएको राहत वितरण कार्यक्रमका प्रमुख अतिथि रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावल रहनु भएको थियो ।कार्यक्रम बोल्दै प्रमुख अतिथि रावलले विपत्ति को वेला आफ्नो तन मन र धनले सहयोग गर्नु हुने सहयोगी व्यक्तिहरुलाई धन्यवाद दिनुभएको छ।साथै उहाले पिडित परिवारको घाउमा मलम लगाउन आफुले गर्न सक्ने सहयोग गरिरहेको समेत बताउनु भएको थियो कार्यक्रम नेपाल कम्युनिस्ट पाटीका जिल्ला सदस्य मान वहादुर गिरी नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विक रामारोशन गाउँ पालिका वडा न २ का वडा अध्यक्ष चक्रबहादुर रावल नेकपा का जिल्ला सदस्य भरत अयडी मीन परिवार नेकपा रामारोशन गाउँ सचिव पदम शाह कार्यपालिका सदस्य सीता भण्डारी लगायत मृतक परिवारका सदस्य हरुको उपस्थिति रहेको कार्यक्रम को सन्चालन पुष्प बिष्टले गर्नु भएको थियो ।

Leave a Reply