मेल्लेखमा बिकास निर्माण कार्य अनुगमनमा अधिकृत खड्का सक्रिय

मेल्लेखमा बिकास निर्माण कार्य अनुगमनमा अधिकृत खड्का सक्रिय

अछामको मेल्लेख गाउँपालिकाले वडाहरूमा सञ्चालनमा रहेको विकास निमार्णका योजनाको अनुगममा तीव्रता दिएको छ ।

माघ ४ गतेदेखि वडा तहमा सञ्चालनमा रहेका विकास निर्माणका योजनाको अनुगमन गर्ने कार्य अन्तर्गत ८ ओटै वडाको अनुगमन सम्पन्न भएको छ ।

कुनै तत्काल अनुगमन गर्न नसकिने स्थानको अनुगमन पनि केही दिनमै गर्ने गरी तयारी थालिएको मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ खड्काले बताउनुभयो ।

उहाँले अनुगमनको क्रममा केही वडाहरूमा निर्माण भइरहेका भौतिक संरचना तथा विकास निर्माणका योजनाहरू पारदर्शीरुपमा भइरहेका तथा केही योजनाहरू प्रभावकारीरुपमा नभएका पाइएको बताउनुभयो ।

उहाँले विकास निर्माणका योजनाहरूको चित्त बुझ्दो काम नभएकाले योजनाहरू फेरि सुचारु गर्न निर्देशन पनि दिएको उल्लेख गर्नुभयो ।

वडाहरूमा भौतिक विकासमा जनप्रतिनिधि र उपभोक्ताहरू बिच पनि सहकार्य नभएको पाइएकाले आगामी दिनमा सबैसँग सहकार्य गरेर विकासे योजनाहरू पारदर्शी बनाउन उहाँले आग्रह गर्नुभयो ।

माघ ४ गते देखी वडा नम्बर १ देखी सुरु भएको अनुगमन कार्य सबै वडामा भएको र अनुगमन गर्न बाँकी रहेका र ती योजनाहरूको अनुगमन पश्चात् मात्रै भुक्तानी गर्ने गाउँपालिकाले जनाएको छ ।
Bannigadhitoday.com बाट साभार

Leave a Reply