सुकीलाई उपचारका लागि काठमाडौँ पठाउन गाँउकै युवाले गरे आर्थिक सहयोग

सुकीलाई उपचारका लागि काठमाडौँ पठाउन गाँउकै युवाले गरे आर्थिक सहयोग

अछाम : जिल्लाको मंगलसेन नगरपालिकाकी ६२ बर्षिया सुकी दमाईको उपचारका लागि सोही वडाका २ जनाले आर्थिक सहयोग गरेका छन् ।

सुकीको उपचारमा राहत होस् भनेर मंगलसेन ७ का समाजसेवी हर्क खड्का र सोही वडाका कांग्रेस वडा सभापति पदम बहादुर थ्यायत खड्काले ५ ५ हजार गरेर आर्थिक सहयोग गरेका हुन् ।

सुकीको उपचारमा केही सहयोग होस् भनेर आफुहरुले सानो रकम भएपनि आर्थिक सहयोग गरेको नेपाल लाईफ ईन्सुरेन्स मंगलसेन उपशाखाका प्रमुख समेत रहेका थ्यायतले बताए ।

साथै उनले सुकीको लागि सहयोग गरिदिन समेत सबैलाई आग्रह गरेका छन् । साथै उनले सुकीको उपचारका लागि काठमाण्डौँ पठाउने तयारी समेत भईरहेको बताए ।

बाँया हातमा एक बर्ष पहिले भएको सानो पिलो अहिले ठुलो भएर क्यान्सर भएपछि सुकी दमाई आर्थिक अभावमा छट्पटाईरहेकी छन् ।

Leave a Reply