अभिभावकलाइ जीवन उपयोगी सीप सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम कुइकामा सम्पन्न

अभिभावकलाइ जीवन उपयोगी सीप सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम कुइकामा सम्पन्न

आस्था नेपाल अछाम , वर्ल्डभिजन ईन्टरनेश्ननल नेपालको आर्थिक सहयोग र कमलबजार नगरपालिका वडा न. ५ कुइकाको समन्वयमा कुइकाको सुन्दरबस्ती टोलमा अभिभावकहरुलाइ जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा जीवन उपयोगी सीप सम्बन्धि निर्देशिकाका १५ वटा खण्ड मध्धे १३ वटा खण्डमा किशोरकिशोरीहरुलाइ सिकाइने विषय बारे जानकारी गराइएको थियोे । उक्त कार्यक्रममा ३० जना अभिभावकहरु समेत उपस्थिति भएका थिए ।

कार्यक्रमको सहजीकरण २ जना साथि शिक्षक कल्पना देवकोटा ,जगत खनालले गरेका थिए ।कार्यक्रममा आस्था नेपालका लभजङ्ग कुवरको उपस्थिति रहेको थियो ।त्यस्तै : आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयोग र कमलबजार नगरपालिका वडा नं ३, बयालाको समन्वयमा बयालाको रातिमाटे टोलमा अभिभावकहरूलाई बालसंरक्षण परियोजना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
अभिभावकहरूलाई बाल अधिकारका चार मुख्य क्षेत्रहरू बाल बचाउ, बालसंरक्षण, बालबिकास र बाल सहभागीताको बारेमा जानकारी गराउने , बाल संरक्षण भनेको के हो? र बालबालिकाका सवालहरु के के हुन् र ती सवालबाट बालबालिकाहरूलाई कसरी बचाउनँ सकिन्छ भन्ने बिषयमा अभिमुखीकरण एवं छलफल गरिएको थियो।उक्त कार्यक्रममा आस्था नेपाल अछामका सामाजिक सहजकर्ता तित बहादुर बिश्वकर्मा र रूपान्तरण कक्षाका साथी शिक्षक हार्मता नेपाली लगायत करिव ३० जना अभिभावकहरूको उपस्थिती रहेको थियो ।

 

 

Leave a Reply