सोडारी दम्पतीद्धारा बैवाहीक बर्षगाँठमा बिरामीलाई फलफुल, क्यान्सर पिडीतलाई आर्थिक सहयोग

सोडारी दम्पतीद्धारा बैवाहीक बर्षगाँठमा बिरामीलाई फलफुल, क्यान्सर पिडीतलाई आर्थिक सहयोग

कमल रावल, फागुन २ अछाम:मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी र उहाँकी धर्मपत्नी स्वास्थ्यकर्मि ईन्दुु केसी सोडारीले आफ्नो बैवाहीक बर्ष गाँठको अवसरमा बिरामीलाई फलफुल वितरण र क्यान्सर पिडीतलाई आर्थिक सहयोग गर्नुभएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ घर भएका सोडारी दम्पतीले बैवाहीक सम्बन्धमा बाधिएको ७ बर्षको अवसरमा जिल्ला अस्पताल अछाममा भर्ना भएका १५ जना विरामीलाई फलफुल वितरण सहीत क्यान्सर पिडीत मंगलसेन नगरपालिका वडा नम्बर ७ का सुकी दमाईको उपचारका लागि नगद ५ हजार आर्थिक सहयोग गर्नु भएको हो ।

आफूले सामाजिक अभियानलाई बहन गर्दै सहयोग गर्नु पर्छ भन्ने भावनाका साथ सहयोग गरेको अधिकृत सोडारीले बताउनु भयो । अस्पतालका बिरामीलाई फलफुल वितरण गर्दै बिरामीको स्वास्थ्य लाभको कामना गर्नुु भएको थियो । फलफुल वितरण कार्यक्रममा सोडारी दम्पती सहीत जिल्ला अस्पताल अछामका प्रमुुख डाक्टर सोनालीका बनस्कोटा, डाक्टर अतुल भारद्धाज, नर्सिग ईञ्चार्ज गँगा बुढा मगर, मंगलसेन नगरपालिकाका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

क्यान्सर पिडीत सुकी दमाईको लागि आर्थिक संकलन ग्रहण गर्दै उपचारका लागि आर्थिक संकलन अभियान चलाई रहेका मंगलसेन वडा नम्बर ७ का युवा समाजसेवी नम बहादुर बिष्टले उहाँको उपचारका लागि अभियान जारी रहेकाले हाल काठमाण्डौँको ट्रमा सेन्टरमा उपचार जारी रहेको बताउनु भयो । हरेक क्षेत्रबाट प्राप्त रकम सम्बन्धितको खातामा प्रत्येक दिन जम्मा गर्दै आएको बताउनु भयो ।

Leave a Reply