७१ औं प्रजातन्त्र दिवसको अवसरमा ढकारी गाउँपालिकामा दिपावली
७१ औं प्रजातन्त्र दिवस स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सोही दिवसको अवसरमा अछामको ढकारी गाउँपालिकाले पनि दिपावली मनाएको छ ।
गाउँपालिका कार्यालयमा दिप प्रज्वलन गरि दिपावली मनाएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताए ।
२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।