शैक्षिक कल्याण बचत तथा ऋिण सहकारी सस्था लिमिटेडको १० औं साधारण सभा सम्पन्न
शैक्षिक कल्याण बचत तथा ऋिण सहकारी सस्था लिमिटेड अछामको १० औं साधारण सभा समपन्न भएको छ । सहकारी संस्था लिमिटेडका अध्यक्ष शंकर रावलको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला समन्वय समिती अछामका उप–प्रमुख टोप बहादुर रावल प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख तिथितिको आसनवाट बोल्दै उपप्रमुख रावलले सहकारिहरुले अहिले सर्वसाधारण नागरीकहरुको जिविको पार्जन गर्ने आधार भएको बताउनुभएको छ । साना व्यवसाय तथा घर परिवारचलाउन पनि ऋिण खोज्न साहुकोमा जानुपर्ने बाध्यता हटाएको भन्दै उहाँले आम गरीवीको रेखामुनी रहेको नागरीहरुको आवस्यकता परिपुर्ती माध्यम बनेको बताउनुभयो । सहकारी वाटै ऋिण लिएर धेरै नागरीकहरु सफल व्यवसायी बनेको बताउदै बिभीन्न बैंकहरुसमक्ष पहुच नपुेका नागरीकहरुका लागी पनि सहकारी सर्वसुलभ लाभदीयक माध्यम बनेको उहाँको भनाई छ । वुद्धीजीवी सर्कल शिक्षकहरुको यो सँस्थाले समाजमा अरु सहाकारिलाई पनि सीको गराउन सक्ने बताउनुभयो । यस्तै कार्यक्रममा सहकारी अध्यक्ष शंकर रावलले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै १ करोड २० लाख बराबरको आयव्यय प्रस्तुत गर्नु भएको थियो । मंगलसेन सावीक जिवीस हलमा भएको कार्यक्रममा सहकारी भित्र उत्कृष्ट काम गर्ने ६ जना कर्मचारी तथा शिक्षकलाई सम्मान समेत गरीएको छ । ऋिण असुलिमा सकृय सहभागिता जनाएकोमा नारायण उपाध्याय, सहकारिका गतिबिधिमा सकृय सहभातीताका अधारमा भिमराज शर्मालाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट बचतकताको आधारमा दिपा भण्डारी, तर्कराज भण्डारी र उत्कृष्ट गाउपालिका संयोजकमा बान्निगढी जयगढ गाउपालिका संयोजक अमर ठकुुल्लाई खादा टोपी सहित सम्मान गरिएको छ । सहकारिका उपाध्यक्ष जमुना अधिकारिको सस्वागत मन्तवयबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका ढाकारी गाँउपालीका संयोजक भिम बहादुर शाहीले गर्नु भएको थियो ।