ढकारी गाउँपालिकाले मनायो १ सय ११ औ अन्तर्राष्ट्रिय महिला दिवस

ढकारी गाउँपालिकाले मनायो १ सय ११ औ अन्तर्राष्ट्रिय महिला दिवस

१ सय ११ औ अन्र्तराष्ट्रिय महिला दिवस ढकारी गाउँपालिका वडा नम्बर १ र गाउँपालिकाको संयुक्त आयोजनामा भब्यताका साथ मनाइएको छ ।

ढकारी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष भवानी प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिति गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद रहनु भएको थियो ।
प्रमुख अतिथि साउदले महिलाहरुको हकहितको लागि स्वयम महिलाले नै आवज उठाउन जरुरी रहेको बताउनुभयो । साथै उँहाले समाज परिपर्तन गर्नै सक्ने क्षेमता महिलामा हुने भएकाले आफुलाई कमजोर नसोचेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला हिँसा बिरुद्ध सम्बन्धि विभिन्न नारा सहितका प्लेकार्ड सहित बजार परिक्रम गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले अब सबै महिला दिदी बहिनी शसक्त हुन आवश्यक रहेको बताउदै महिला हिंसा न्युनिकरण गर्न महिला ईमान्दारका साथ सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

साथै गाउँ पालिकाले विभिन्न वडाका महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेका महिला समाजसेवी हरुलाइ सम्मान समेत गरेको थियो ।

Leave a Reply