चैत्र ६ गते भित्र आफ्नो ले बि तिर्न नेताकार्यकर्ता लाई काङ्ग्रेस अछामका सभापति स्वारको आग्रह
अछाम :नेपाली काङ्ग्रेसबाट निर्बाचित जनप्रतिनिधि, पार्टिको महत्वपुर्ण पदको पदिय जिम्मेवारी सम्हाल्नु भएका नेताकार्यकर्ता हरुलाइ लेबि तिर्न नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले आग्रह गर्नुभएको छ ।
आफुले तिर्नुपर्ने ले बि यहि चैत्र ६ गते भित्र केन्द्रिय कार्य समितिको निर्देशन अनुसार कार्यालय समय भित्र बुझाउन अनुरोध गर्नु भएको हो ।
यदि उक्त समय भित्र लेबि नतिर्ने नेताकार्यकर्ताहरुको नाम कृयासिलको लिस्टबाट ७ गते काटेर ८ गते भित्र केन्द्रिय कार्यसमिति लाई बुझाउने उहाँले बताउनुभयो ।
उक्त लिस्ट केन्द्रिय कार्यसमितिमा बुझाइसकेपछि आउने कुनै पनि गुनासोको सुनुवाइ नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले अछामले नगर्ने बताउनुभयो ।