प्रधानमन्त्री रोजगार कार्यक्रम: बान्नीगढी जयगढ गाउँपालीकामा २सय ५२ ले रोजगारी पाए

प्रधानमन्त्री रोजगार कार्यक्रम: बान्नीगढी जयगढ गाउँपालीकामा २सय ५२ ले रोजगारी पाए

अछाम :प्रधानमन्त्री रोजगार कार्यक्रमको सफल कार्यन्वयन सम्बन्धि १ दिने अभिमुखिकरण तथा शुभारम्भ कार्यक्रम बान्नीगढी जयगढ गाउँपालीकामा सम्पन्न भएको छ।

बान्नीगढी जयगढ गाउँपालीका वडा नं ३ वर्दादेविका अध्यक्ष कुल बहादुर सेठ्ठिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अथिती रहेका थिए। कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले ईमान्दार भयर काम गर्न अभिमुखिकरणमा सहभागी श्रमिक हरुमा आग्रह गरे ।

रोजगारका लागि २ सय ५२ जना छनोट गर्नुपर्ने तर १२०० नागरिकको निवेदन परेकोमा उनिहरुको आर्थिक अवस्था हेरर श्रमिक छनोट गरिएको यस कार्यक्रम छुटेका हरुलाई अन्य कार्यक्रम सहभागी गराईने अध्यक्ष खड्काले बताए। श्रमिक हरुले काम गर्ने ठाउँ पनि आफ्नै गाउँ भएका हुदा आफ्नो ठाउँको विकासको निम्ति ईमान्दार भएर काम गर्न अनुरोध गरे।                                            

समाजमा पछि परेका नागरिकलाई विकास निर्माण कार्यमा लगाई उनिहरुको आर्थिक अवस्था सबल पार्न गाउँपालीका लागिरहेको बताए । यस्तै कार्यक्रममा बोल्दै वडा नं ४ तिमिल्सैनका अध्यक्ष कर्ण बहादुर ठकुल्लाले श्रमिहरुलाई नमुना काम गर्न अनुरोध गरेका थिए। कार्यक्रमको स्वागत गर्दै बान्नीगढी जयगढ गाउँपालीका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र जोशिले उपभोक्ता र निर्माण कर्ता पनि स्वयम श्रमिक भएको हुदा बान्निगढी गाउँपालिकाले फड्को विकास निर्माणमा फड्को मार्ने विश्वास ब्यक्त गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बान्नीगढी जयगढ गाउँपालीकामा अार्थिक बर्ष २०७७/ ७८ २ सय ५२ जनाले रोजगारी पाएका छन् । काम गर्नको निम्ती गाउँपालिकाका बिभिन्न २१ योजना छनोट गरेर १०० दिनको लागि कामको ग्यारेन्टी गरिएको छ।प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि बान्नीगढी जयगढ गाउँपालीकामा १ करोड ३० लाख २९ हजार प्राप्त भएको रोजगार संयोजक गणेश सुनारले बताए ।

Leave a Reply