सासु बुहारी र परिवारका सदस्य हरु बीच अन्तरक्रिया कार्यक्रम मंगलसेन न•पा वडा नम्बर ८ मा सम्पन्न

सासु बुहारी र परिवारका सदस्य हरु बीच अन्तरक्रिया कार्यक्रम मंगलसेन न•पा वडा नम्बर ८ मा सम्पन्न

अछाम: सासु बुहारी र परिवारका सदस्य हरु बीच
लैङ्गकि विभेद सम्बन्धि १ दिने अन्तरकृया  कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ८ सुतुडामा सम्पन्न भएको छ ।

  वडा अध्यक्ष हिरण्ड बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिका नगर उप प्रमुख सरिता उपाध्याय रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै उपाध्यायले गाउँघरमा हुने गरेका विभिन्न प्रकारका हिंसा न्युनिकरणका लागी सबैले साथ दिनु पर्ने बताउनु भयो ।

समुन्नत समाज निर्माणका लागी सबैको साथ आवश्यकता रहेकाले महिला दिदिवहीनीलाई निर्णायह तहमा पुरयाउन जरुरी रहेको बताउनुभयो  ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावल विशिष्ट अतिथि रहनु भएको थियोे । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ  नागरिक शाखा प्रमुख  मन्जु महत ,प्रहरी सहायक निरीक्षक वीर बहादुर पार्कि,
वडा सचीव जयराम शाह लगायतको उपस्तिथि रहेकोे थियो ।

Leave a Reply