पूर्व प्रधानमन्त्री स्व. जिपी कोईराला एशियाकै शिखर नेता : समन्वय प्रमुख कुवँर

पूर्व प्रधानमन्त्री स्व. जिपी कोईराला एशियाकै शिखर नेता : समन्वय प्रमुख कुवँर

अछाम । जिल्ला समन्वय समिती अछामका संयोजक नर बहादुर कुवँरले स्व. गिरिजा प्रसाद कोईराला एशियाकै शिखर नेता भएको बताएका छन् । एउटा श्रमिक नेताको रुपमा बिराटनगर जुट मिलबाट आफ्नो राजनिति यात्रा सुरु गरेको स्मरण गर्दै कुुवँरले स्व. जिपीको जति नै गुणगान गाएपनि कमै हुने उल्लेख गरे ।
जीपी कोईराला प्रतिष्ठान अछामको आयोजनामा स्व. कोईरालाको ११ औँ स्मृतीको दिवसमा मंगलसेनमा आयोजित कार्यक्रममा प्रमुख अथिति रहेका कुवँरले स्व. कोईरालाको भौतिक शरिर नभएपनि उहाँले प्रतिपाद गरेको सहमती, सहकार्य र एकताको भाव अहिले पनि उत्तिकै अपरिहार्य भएको बताए ।
देशमा आएको परिवर्तनमा जीपीको योग्दान उल्लेख रहेको भन्दै उनको महान बाणीमा टेकेर कांग्रेस सहित अन्य दलहरुले पनि आगामी दिनमा राजनितिक संस्कारलाई अगाडी बढाउनु पर्नेमा कुवँरको जोड थियो ।
कार्यक्रमका बिशिष्ट अथिति नेपाली कांग्रेस अछामका सचिव नम बहादुर शाहीले नेपाली जनतालाई अधिकार सम्पन्न गराउने उद्देश्यले स्व. जीपी कोईरालले लोकतन्त्रका लागि गरेको आन्दोलनले नै देशमा परिर्वतन आएको उल्लेख गरे ।
राणा शासनलाई बिचार र शान्तिपूर्ण आन्दोलनले मात्रै समाप्त पार्न सकिदैन भनेर जनतालाई दुख नहुने गरी राणा शासन अन्त्य गर्न हतियार पनि उठाउन सकिने बिचार कोइरालाले अघि सारेको सचिव शाहीले उल्लेख गरे ।
४६ सालको आन्दालन, राणा शासनको अन्त्य र आन्दोलित माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र ५८ सालमा राजाको निरंकुश अन्त्य गर्न कोईरालाले नेतृत्व गरेको शाहीले बताए । मुलुक अहिले पनि गम्भिर मोडमा गुज्रिरहेको भन्दै सचिव शाहीले यो बेला कोईरालाको आवश्यक्ता कांग्रेसलाई मात्र नभई सबै राजनितिक दललाई झन बढी खड्किएको बताए ।
उनले देखाएको बाटोमा अघि बढेमा देश तथा समाजले एउटा मुर्त रुप लिन सक्ने सचिव शाहीको भनाई थियो ।
प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा माहधिबेशन प्रतिनिधी पदमराज अधिकारीले स्व. कोईराला आफैमा एक युग तथा ईतिहास भएको उल्लेख गरे । ट्रेड युनियनको नेतृत्व गर्दै कोईरालाले देशमा आमुल परिर्वतन र शान्ति प्रक्रियाको नेतृत्व गरेको बताए ।
कोईराला नेतृत्व बाटै देश स्वर्णिम युगमा प्रबेश गरेको अधिकारीको भनाई थियो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्लान शाखा अछामका कार्यबाहक अध्यक्ष खम्म खत्रीले जीपी कोईरालाले देशमा शान्ति प्रक्रिया तथा लोकतन्त्रका लागि एक्लै लडेको बताए । उनको स्मरण केवल पार्टी मात्र नभई सबै जनताले सम्झिरहेको बताए ।
एक अको प्रसंगमा बोल्दै अध्यक्ष खत्रीले जीपी प्रतिष्ठान अछामले जिल्लामा समाज परिवर्तन, पर्यटन प्रर्वद्धन तथा अन्य परोपकारी काममा उल्लेख भुमिका खेलेको बताए । सुपमै पहिलो पटक भलिवल प्रतियोगिता लगायतका काम प्रतिष्ठान अछामले गरेकोमा खत्रीले प्रशंसा गरेका थिए ।
प्रतिष्ठानका सदस्य सुशिल भण्डारीको स्वागत बाट सुरु भएको कार्यक्रमको संचालन पूर्ण बहादुर खड्काले गरेका थिए ।
वक्तिृत्वकला प्रतियोगिताका विजेतालाई पुरुस्कार वितरण ।
प्रतिष्ठान अछामको आयोजना तथा अछाम बहुमुखी क्याम्पसको संयोजनमा भएको नेपाली राजनितिमा स्व. जिपी कोईरालाको योग्दान बिषयक वक्तिृत्वकला प्रतियोगिताका विजेता र सहभागीलाई पुरुस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।
वक्तिृत्वकला प्रतियोगितामा प्रथम हुने रमिता बुढालाई नगद ५ हजार सहित प्रमाण पत्र, द्धितिय बहादुर सिंह साँउदलाई ३ हजार नगत सहित प्रमाण पत्र, तृतिय जयकला भाटलाई नगर २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगितामा सहभागी, मुल्यांकनकर्ता र संयोजन गर्ने अछाम बहुमुखी क्याम्पसलाई समेत प्रशंसा प्रदान गरिएको थियो ।

Leave a Reply